आज :

चौतर्फी आलोचनापछि इन्धनमा कर घटाउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

  • अनलाइन डबली

काठमाडौँ । चौतर्फी आलोचनापछि सरकारले पेट्रोलिमय पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।

१० जेठमा बसेको बैठकले अर्थ मन्त्रालयलाई पेट्रोलियम पदार्थको भन्सार बिन्दुमै लाग्ने दुई शिर्षकको कर हटाउन सैद्धान्तिक सहमति दिएको हो । तर, कुन शिर्षकको कर कति घटाउने भन्ने निर्णय भने भइसकेको छैन ।

‘वाणिज्य मन्त्रालयको प्रस्तावमा भन्सार र पूर्वाधार कर ५/५ रुपैयाँ घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘अहिल्यै निर्णय भइसकेको छैन।’ मन्त्रालयले अहिले कुन शिर्षकमा कसरी मूल्य घटाउने भन्नेबारे छलफल गरिरहेको छ ति अधिकारीले भने ।

बुढीगण्डकी जलविद्युत परियोजना बनाउन उठाइएको पूर्वाधार करबाट ५ रुपैयाँ र भन्सारमा लाग्ने भन्सार शुल्कबाट ५ रुपैयाँ घटाउने गरी गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

अहिले पेट्रोल प्रतिलिटरमा भन्सार शुल्क २५ रुपैयाँ २३ पैसा र पूर्वाधार शुल्ककबापत थप १० रुपैयाँ भन्सार बिन्दुमै उठाइन्छ । यस्तै डिजेलमा १२ रुपैयाँ २ पैसा भन्सार शुल्क र पूर्वाधर बापत १० रुपैयाँ सरकारले संकलन गर्दै आएका छन् ।

यस्तै रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ ।

डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ । प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खनाउने क्रममा आगलगी भएको हो ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal