आज :

ओलीको प्रश्नः सरकारले कालापानी, लिपुलेक-लिम्पियाधुरा नेपाली हाम्रो भूमि हो भन्न सक्छ ?

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक–लिम्पियाधुरा नेपाली भूमि हो भन्न नसकेको आरोप लगाएका छन् । ओलीले विहीबार सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथि बोल्दै ओलीले भने, “लिम्पियाधुरा, लिपुलेक–कालापानी नेपालको हो कि होइन ? सरकार नेपालको हो भन्न सक्छ कि सक्दैन ? यो जमिन फिर्ता ल्याउछु भन्न सक्छ कि सक्दैन ?”

उनले २०७७ सालमा आफ्नो नेतृत्वको सरकारले यो जमिनबारे कुटनीतिक कुटनीतिक छलफलद्वारा विवाद हल गर्ने भनेर नीति तथा कार्यक्रममा समेटेको स्मरण समेत गराए । उनले आफ्नो जमिनबारे नबोल्नु कायरता भएको समेत बताए ।

नीति तथा कार्यक्रममाथि बोल्दै ओलीले नेपाल आयल निगमलाई ध्वस्त बनाउन सरकार नै लागेको आरोप समेत लगाए । आयल निगमको विकल्पमा निजी क्षेत्र ल्याउन सरकार आफैं मोटो रकमको चलखेलमा लागेको पनि उनले बताए ।

“आयल निगम ध्वस्त बनाएर त्यसको खर्बौंको व्यापारमा निजी क्षेत्र घुसाउन खोजिंदैछ । यसका लागि मोटो रकमको चालखेल भइसकेको छ, हुनेवाला छ भन्ने बजार हल्ला छ” ओलीले भने । उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला समेत झुक्याएर एउटा समूह त्यो कार्यमा लागेको स्मरण गर्दै ओलीलले पछि थाहा पाएपछि त्यसलाई निष्क्रिय बनाएको दाबी गरे ।

इन्धन जस्तो अत्यवश्यक वस्तुमा निजी क्षेत्रले हड्ताल गरिदिए के हुन्छ भन्दै ओलीले निजीकरणको विरोध गरे । अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि पहिलो आयोजना सकिएको र अन्य क्षेत्रमा पनि काम भइरहेको बताए । उनले सहजतातर्फ अघि बढेको पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिएको बताए । अध्यक्ष ओलीले नेपाल आयल निगमको विकल्पमा अर्को कुनै निजी क्षेत्र आवश्यक नभएको भन्दै खबरदारी गर्न जनतालाई आग्रह समेत गरे ।

ओलीले अर्को प्रसंगमा नेपाल एक चीन नीतिको पक्षमा छ कि छैन भन्ने प्रश्न समेत गरे । त्यस्तै ओलीले चिनिया परियोजना बेल्ठ एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सरकारको नीति के हो भनी प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

“‘अनेक कुराहरुको चर्चा छ, यहाँ बीआरआईको किन छैन ? बीआरआईबाट प्राप्त हुने सहयोग, ऋण के हो रु त्यो चीज हामी लिन्छौं कि लिँदैनौं, अहिलेको सरकारले जिब्रो नचपाई भन्नुपर्‍यो बीआरआई सम्बन्धी हाम्रो नीति के हो” ओलीको प्रश्न थियो । उनले नेपालको विदेश नीति अहिले सत्ता स्वार्थमा चलिरहेको बताए ।

“हाम्रो फरेन पोलिसी ज्युँदै छ कि मर्‍यो ? हाम्रो फरेन पोलिसी यथावत छ कि घाइते भयो ? हाम्रो फरेन पोलिसी हिजोको न्युट्रालिटीमा छ कि छैन ? हाम्रो फरेन पोलिसी सत्ता स्वार्थ हो कि राष्ट्र स्वार्थमा चलिराखेको छ ? यो कुरा सम्माननीय प्रधनमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु स्पष्ट गरियोस्” ओलीले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal