आज :

काठमाडौँको ताजा मतपरिणाम- बालेनको कति पुग्यो मत ? सिर्जना र केशवको अवस्था केछ ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ। हालसम्म कुल १ लाख ८३ हजार ६७९मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ सदर मत परेको छ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन्।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५९ हजार १४९ मत प्राप्त गरेका छन्। अर्थात कुल खसेको सदर मतको ३८.१९ प्रतिशत मत पाएका छन्।

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत अर्थात कुल खसेको सदर मतको २४.२४ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन्। अर्थात उनले कुल खसेको मतको २४.०३ प्रतिशत मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन्। जुन कुल सदर मतको ८.६२ प्रतिशत हो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५५६५ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। अर्थात उनले कुल खसेको सदर मतको ३.५९ प्रतिशत मत पाएका छन्।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ६३० मत पाएकी छन्। उनले कुल खसेको सदर मतको ०.४१ प्रतिशत पाएकी छन्।

मेयर पदका अन्य उम्मेदवारले हालसम्म १४३७ मत पाएका छन्। अर्थात कुल खसेको सदर मतको ०.९३ प्रतिशत पाएका छन्। यस्तै काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्।

महानगरको ३२ मध्ये २९ वडाको अन्तिम गणना सकिँदा डंगोलले ६६ हजार ८७८ मत पाएकी छन्। यो उपमेयरमा खसेको कुल सदर मतको ५३.४३ प्रतिशत हो।

यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३०३१ मत पाएका छन्। उनले १८.४० प्रतिशत मत पाएका छन्।

यस्तै आँखीझ्याल चिन्हबाट चुनाव लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जनले १३१७६ अर्थात १०.५३ प्रतिशत मत पाएकी छन्। यस्तै राप्रपाकी उपमेयर उम्मेदवार विनिता मगैयाले ११६४७ मत ल्याएकी छन्। उनले कुल खसेको सदर मतको ९.३० प्रतिशत मत पाएकी छन्।

यस्तै लौरो चुनाव चिन्ह लिएर उपमेयरमा उम्मेदवार दिएका वेन्जी सिंह महर्जनले ६३३६ मत पाएका छन्। उनले कुल खसेको सदर मतको ५.०१ प्रतिशत मत पाएका छन्।

विवेकशील साझाका क्रिर्ती कंशाकारले २४४९ मत पाएका छन्। उनले कुल खसेको मतको १.९६ प्रतिशत मत पाए। अन्य उपमेयरका उम्मेदवारहरूले १६६३ अर्थात १.३३ प्रतिशत मत पाएका छन्।

काठमाडौं महानगरमा उपमेयर पदमा कुल सदर १२५१८० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal