काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । बीमा समितिले अनुमति दिए लगत्तै कम्पनीको जेष्ठ ११ गते बसेको संचालक समितिको बैठकले प्रसाईलाई नियुक्त गरेको लिमिटेडले जानकारी दिएको छ ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृतले आजै कम्पनिका अध्यक्ष सुभाष अमात्यबाट सपथ ग्रहण गरी कार्यभार सम्हालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएको उल्लेख छ ।