आज :

काठमाडौंमा अब ५ वटा वडाको गणना मात्रै बाँकी, अहिलेसम्म बालेनले कति प्रतिशत मत पाए ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौं महानगरपालिकाको २७ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर एकदेखि १२ सम्म तथा १८ देखि ३२ सम्मको मत गणना सकिएको छ।

अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ वडाको मत गणना जारी छ। हालसम्म कुल १ लाख ६६ हजार ३ सय १३ मत गणना हुँदा मेयर पदमा १ लाख ३९ हजार ९६५ सदर मत परेको छ। ६५३२ मत पूर्ण बदर भएको छ।

जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन्।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५४ हजार २१२ मत प्राप्त गरेका छन्। अर्थात कुल खसेको सदर मतको ३८.७३ प्रतिशत मत पाएका छन्।

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३४ हजार १८० मत अर्थात कुल खसेको सदर मतको २४.४२ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३३ हजार ६०९ मत ल्याएका छन्। अर्थात उनले कुल खसेको मतको २४.०१ प्रतिशत मत ल्याएका छन्।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १० हजार ९६३ मत प्राप्त गरेका छन्। जुन कुल सदर मतको ७.८३ प्रतिशत हो।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मदन दास श्रेष्ठले ५०८१ मत प्राप्त गर्दै पाँचौ स्थानमा छन्। अर्थात उनले कुल खसेको सदर मतको ३.६३ प्रतिशत मत पाएका छन्।

यस्तै विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समिक्षा बाँस्कोटाले ५९५ मत पाएकी छन्। उनले कुल खसेको सदर मतको ०.४३ प्रतिशत पाएकी छन्।

मेयर पदका अन्य उम्मेदवारले हालसम्म १३२४ मत पाएका छन्। अर्थात कुल खसेको सदर मतको ०.९५ प्रतिशत पाएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal