आज :

भारी मतले रेणु विजयी भइसक्दा काठमाडौँकाे नतिजा, बालेनकाे मनान्तर देखेर स्थापितले जिब्राे टाेके

  • अनलाइन डबली

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भारी मतले विजयी भएकी छन् । उप उपमेयर पनि गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् । रेणु र सुवेदी दुबैले ५२ हजार बढी मत ल्याएर विजयी भएका छन् । भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए ।

एमाले उम्मेदवार भन्दा रेणुले १२ हजार ४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी छन् । यस्तै, रेणुविरुद्ध गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार​ ७२८ मत पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ ।

काँग्रेसले भरतपुर महानगरका १,२,४,५,६,८, १०, १४,१५, १६, १७, २०,२१, २३, २७ र २९ मा वडाध्यक्ष जितेको हो । यस्तै माओवादी केन्द्रले १३, २४ र २६ गरी तीन वडाध्यक्ष जितेको छ भने एकीकृत समाजवादी पनि ७, ९ र २२ गरी तीन वडामा विजयी भएको छ । एमालेले ३, ११, १२, १८, १९ र २८ गरी ६ वडा जित्दा २५ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेको अवस्था छ ।

स्थानीय चुनावको सबैभन्दा बढी चर्चामा रहेका भरतपुर र काठमाडौँमध्ये अब काठमाडौँको अन्तिम परिणाम आउन बाँकी छ । मंगलबार विहानसम्म स्वतन्त्र उम्मेदवार बालेन साहको जित निश्चितजस्तै भएको छ । ताजा मत परिणामअनुसार साहको मत ५० हजार नाघेको छ ।
साहले ५० हजार ३० मत पाउनु भएको छ भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ७ सय ६७ मत पाउनु भएको छ । सिंह साहभन्दा १९ हजार २ सय ६३ मतले पछाडि हुनुहुन्छ ।

यस्तै, एमालेका केशव स्थापितले ३० हजार १५ मत पाउनु भएको छ । महानगरको अहिलेसम्म १ लाख ५० हजार ५ सय १६ मत गनिसकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal