आज :

२२ हजार पाँच सय बढी मतान्तरसहित जसपाका राजेशमानले जिते वीरगन्जको मेयर

  • अनलाइन डबली

वीरगञ्ज  । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंह वीरगञ्ज महानगरपालिकाको मेयर निर्वाचित भएका छन्। उनी सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।

राजेशमानले ४६ हजार दुई सय १५ मतसहित मेयर जितेका हुन्। यहाँ नेकपा एमाले-लोसपा गठबन्धनका साझा उम्मेदवार निवर्तमान मेयर विजयकुमार सरावगी पराजित भएका छन्।

उनले जम्मा २३ हजार छ सय ७१ मतमात्रै ल्याएका छन्। राजेशमाले सरावगीलाई २२ हजार पाँच सय ४४ मतले हराएका हुन्। उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसका नेता इम्तियाज आलम विजयी भए। उनले ३० हजार ७८ मत ल्याएका छन्।

उपमेयरमा एमाले-लोसपा गठबन्धन उम्मेदवार लोसपा नेता पुरूषोत्तम लाल झाले नौ हजार पाँच सय ६८ मत ल्याएर पराजित भएका छन्। ०७४ मा सरावगी जसपाबाट मेयर निर्वाचित भएका थिए।

उनी जसपा छाडेर एमालेमा प्रवेश गर्दै यसपालि पनि मेयर उम्मेदवार भएका थिए। ०७४ मा राजेशमान सरावगीसँग मेयरमा पराजित भएका थिए। अहिले उनै सरावगीलाई राजेशमानले हराएका हुन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal