आज :

भतरपुर महानगररपालिकाको उपमेयरमा चित्रसेन अधिकारी विजयी, रेणुको पनि घोषणा हुँदै

  • अनलाइन डबली

चितवन । भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै अधिकारी विजयी भएको घोषणा गरिएको छ । खसेको १ लाख २७ हजार ५६६ मत मध्ये १ लाख १३ हजार ८७७ मत गणना सकिइसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् ।

अधिकारीले १९ हजार ५१४ को मतान्तर बनाएका छन् । अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् । यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।

रेणुले पनि मतान्तर बढाउँदै लगेकी छन् । उनले पनि गन्न बाँकी भन्दा बढी मतान्तर ल्याउने बित्तिकै विजयी घोषणा हुने छिन् । तर सम्पूर्ण मत गरेपछि मात्रै औपचारिक रुपमा निर्वाचन अधिकृतको कार्यालय घोषणा गर्ने बताइएको छ ।

हार्ने निश्चित भएपछि नेकपा एमालेका कार्यकर्ताहरू जबरजस्त गणना स्थलमा पुगेपछि केही बेर मत गणना स्थगित भएकाे थियाे । अहिले मत गणना सुरू भइसकेकाे छ । अबकाे केही समयभित्र रेणुले बाँकी मत भन्दा अग्रता बढी पुर्याउने बताइएकाे छ ।

केही समय अघि नै रेणुले ११ हजारकाे अग्रता लिइसकेकी थिइन् । एक लाख १३ हजार ८७७ मत गणना गर्दा रेणुले ११ हजार १० मतको अग्रता बनाएकी थिइन् ।

रेणुले ४६ हजार २५५ मत पाउँदा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५ हजार २४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४०२८ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४७ हजार २२८ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ७१४ मत पाएकी छन् ।

देशकाे अक्राे महानगर विराटनगर महानगरपालिकाका निर्वाचित प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा कार्कीले सोमबार पदभार ग्रहण गरेका छन् । गठबन्धनबाट कोइराला र नेकपा एमालेबाट कार्की उपमेयरमा विजयी भएकी थिइन् । पदभार ग्रहण गर्दै कोइरालाले राजस्व परामर्श समिति गठन गरेर कर पुनरावलोकन गर्ने र उपप्रमुख कार्कीले लैंगिक हिंसा निवारण कोष बनाउने निर्णय गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०४४ को दफा ६५ मा स्थानीय राजस्व परामर्श समिति गठन गर्ने प्रावधान छ । निर्वाचनमा करको दर घटाउने र दायरा बढाउने प्रतिवद्धता गरेका कोइरालाले पहिलो निर्णय दर घटाउने र दायरा बढाउनका परामर्श समिति गठन गरेका हुन् ।

जनतासँग गरेको प्रतिवद्धता अनुसार करको दायरा घटाउनका लागि समिति गठन गर्ने निर्णय गरेको उनले बताए । मेयर कोइरालाले महानगरको विकासका लागि सबैसँग समन्वय गरेर काम गर्ने बताए ।

स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था अनुसार राजस्व परामर्श समिति उपमेयरको संयोजकत्वमा हुनेछ । प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिकाले तोकेका एक महिलासहित दुई सदस्य, निजी क्षेत्रका दुई जना प्रतिनिधि सदस्य र राजस्व महाशाखा प्रमुख समितिको सदस्य सचिव हुने प्रावधान छ ।

आगामी नगरसभामा समितिले सुझाव पेश गुर्नपर्ने भएकाले तत्काल काम सुरु गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले बताए ।

उपप्रमुख कार्कीले लैंगिक हिंसा निवारण कोष बनाउने निर्णयमा गरेकी हुन् । लैगिक हिंसामा परेकाहरुको तत्काल उद्दार र राहतका लागि महानगरमा कोष छैन । कोष बनेपछि महानगरले कोषबाटै हिंसा पीडित महिलाको उद्दार र राहतमा सहयोग गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal