आज :

गोपाल हमालको पहिलो निर्णय- धनगढीको विकासका लागि पञ्चवर्षीय योजना

धनगढी । धनगढी उपमहानगरपालिका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले धनगढीको योजनावद्ध विकास गर्न पहिलो पञ्चवर्षीय योजना बनाई अघि बढ्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेसँगै उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन् ।

सीमित साधन स्रोतलाई प्रभावकारी ढंगबाट परिचालन गरी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ योजनावद्ध विकासको थालनी गर्न आगामी आव २०७६–०८ देखि २०८३–०८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना (विकास प्रशासनको प्रमुख आधारका रुपमा रहने) बनाई कार्यान्वयनमा लैजाने सो निर्णयमा भनिएको छ ।

निर्णय पुस्तिकामा भनिएको छ, ‘स्थानीय सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गर्न आवश्यक प्रक्रियागत कानून चालु आर्थिक वर्षमा अगाडि बढाउन र यसको लागि बजेट विनियोजन भैसकेकोले सो कार्य गर्नु मनासिवदेखि आवश्यक निर्णयार्थ पेस गरेको छु।’

गठवन्धनका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडलाइ फराकिलो मतान्तरले पराजित गर्दै हमाल प्रमुखमा निर्वाचित भएका हुन् । व्यवसायी समेत रहेका हमालले धनगढीलाई भ्रष्टाचार मुक्त बनाउने समेत उद्घोष गरेका छन् ।

२०७४ को स्थानीय निर्वाचनमा पनि गोपाल हमाल धनगढीको नगरप्रमुखमा उम्मेदवार बनेका थिए । अहिलेकै उम्मेदवार नृपबहादुर वडसंग उनी पराजित भएका थिए । त्यसपछि विवेकशील साझा पार्टीको प्रदेश अध्यक्ष बनेका उनले आफ्नै लगानीमा निशुल्क शव वाहन, कपडा वैंक लगायतका सामाजिक काममा सक्रिय भए ।

स्थानिय निर्वाचनको मिति घोषणा भएलगत्तै उनले पार्टी परित्याग गरेर नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिए । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा सुन्दर सुदुरपश्चिम अभियानको थालनी हमालले गरेका थिए । यस क्षेत्रको कला संस्कृति र उत्पादनलाई राष्ट्रिय स्तरमा प्रचारप्रसार गरेको श्रेय स्थानीयले हमाललाई दिने गरेका छन् । त्यसैले पनि उनको समृद्ध धनगढी बनाउने प्रतिवद्धतालाई नगरवासीले अनुमोदन गरिदिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal