आज :

पाँच महानगर र २ उपमहानगरमा नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?

  • अनलाइन डबली

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम आउनेक्रम जारी छ। ७५३ रहेको पालिकामा हालसम्म ७२६ पालिकाको अन्तिम नतिजा आइसकेको छ।

६ महानगरमध्ये विराटनगर महानगरपालिकाको नतिजा आइसकेको छ। बाँकी ५ महानगर बाँकी छ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगन्ज महानगरपालिका र पोखरा महानगरपालिकामा अब अन्तिम मतपरिणाम आउन बाँकी छ।

ललितपुर, पोखरा, भरतपुर र वीरगन्जमा सत्ता गठबन्धनकै उम्मेदवार अगाडि हुँदा काठमाडौंमा स्वतन्त्र उम्मेदवारले अग्रता बढाइरहेका छन्। ११ उपमहानगरमध्ये ९ वटाको अन्तिम नतिजा आइसकेको छ।

अब धनुषाको जनकपुरधाम र दाङको तुलसीपुर उपमहानगरमा अन्तिम नतिजा आउन बाँकी छ। जनकपुरमा स्वतन्त्र उम्मेदवार अगाडि हुँदा तुलसीपुरमा एमालेका उम्मेदवारको अग्रता छ।

हेर्नुहोस् कहाँ कसको अग्रता ? काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन शाह (स्वतन्त्र)- ४३८५०, सिर्जना सिंह (नेपाली कांग्रेस) -२५९४४ र केशव स्थापित (नेकपा एमाले) – २५०५९ मत छन्, मतगणना जारी छ ।

त्यस्तै उपमेयरमा सुनिता डंगोल (नेकपा एमाले)- ४६२२१, रामेश्‍वर श्रेष्ठ (नेकपा एकीकृत समाजवादी)- १५४११, बिनिता मगैया (राप्रपा)- ३६२३ मतका साथ् प्रतिस्पर्धामा छन् ।

ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जन (नेपाली कांग्रेस)- ३५७०३, हरिकृष्ण ब्यञ्जनकार (नेकपा एमाले) -२०९४२, अष्टबहादुर महर्जन (राप्रपा) – ३३६३ मत पाएका छन्, गणना जारी छ ।

त्यस्तै उपमेयर मन्जली शाक्य बज्राचार्य (नेकपा एमाले)- २०७६०, बाबुराज बज्राचार्य (नेकपा माओवादी केन्द्र)- १२६६६, स्वर्णिमा शाक्य (राप्रपा)- ४९७९ मतका साथ् मैदानमा छन् ।

उता भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाल (नेकपा माओवादी केन्द्र)- ४३,४८४, विजय सुवेदी (नेकपा एमाले): ३३,६१२ र जगन्नाथ पौडेल (स्वतन्त्र) १३,३३० मत पाएका छन् ।

उपमेयरमा चित्रसेन अधिकारी (नेपाली कांग्रेस) ४४,८२८ र हिमला गुरूङ (राप्रपा)ले २६,६१५ मत पाएका छन् भने  वीरगन्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह (जनता समाजवादी पार्टी)- ३८४३७, विजयकुमार सरावगी (नेकपा एमाले): १९६७९ र गिरीश गिरी (राप्रपा) २८७५ प्राप्त गरेका छन् गणना जारी छ ।

त्यस्तै उपमेयरमा अहिलेसम्म इम्तियाज आलम (नेपाली कांग्रेस) २४९१५, पुरुषोतमलाल झा (लोसपा) ले ६५६८ मत पाएका छन् । यता पोखरा महानगरपालिकामा मेयरका उम्मेदवार धनराज आचार्य (नेकपा एकीकृत समाजवादी पार्टी)- ४७९९२, कृष्णबहादुर थापा (नेकपा एमाले): ४४१३९ र शंकर खराल (राप्रपा)ले ४६९० मा पाएका छन् ।

उपमेयरमा मञ्जुदेवी गुरुङ (नेकपा एमाले) ५०२६०, कोपिला रानाभाट (नेपाली कांग्रेस) ४७४७० र रन्जनाकुमारी सेन पौडेल (राप्रपा)ले अहिलेसम्म ४६२९ मत पाएर प्रतिस्पर्धामा छन् ।

जनकपुर उपमहानगरपालिकाको मेयरमा अहिलेसम्म मनोजकुमार साह सुडी (स्वतन्त्र) ११४५३, शिवशंकर साह (नेकपा एमाले) ९१२७ र लालकिशोर साह (जसपा)ले ४७०८ मत ल्याएका छन् गणना जारी छ ।

त्यस्तै उपमेयरमा किशोरी साह (नेपाली कांग्रेस) – १३२३९, रुणादेवी झा (नेकपा एमाले)- १०३२६ र रिताकुमारी मिश्र (लोसपा)ले  ४४९० मत पाएका छन् ।

यता तुलसीपुर उपमहानगरपालिकाको मेयरमा टिकाराम खड्का (नेकपा एमाले)- १८७४७ र गेहेन्द्र गिरी (नेपाली कांग्रेस)ले अहिलेसम्म १७१४७ पाउँदा उपमेयरमा स्यानी चौधरी (नेकपा एमाले)ले १८१३२ र जोगबहादुर राना मगर (जनता समाजवादी पार्टी)ले १२७०६ पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal