आज :

काठमाडौं महानगरको मत परिणामः बालेनले पाए ४३ हजार बढी मत, सिर्जनाले मतान्तर निकै बढाइन् 

  • अनलाइन डबली

काठमाडौं । मत गणना जारी रहेको काठमाण्डौ महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । सोमबार विहानसम्म स्वतन्त्र उम्मेदवार बालने साहले ४३ हजार ८५०  मत ल्याएर अग्रता लिइरहेका छन् । अहिलेसम्म काठमाडौं महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गनिसकेको छ ।

त्यसैगरी सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले नेकपा एमालेका केशव स्थापितसँगको मतान्तर बढाएकी छन् । सिर्जनाले आइतबार राति पनि स्थापितभन्दा बढी मत ल्याएकी छन् । सिर्जनाले २५ हजार ९ सय ४४ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत मात्रै पाएका छन् । स्थापित ९ सय मतले पछि परेका छन् ।

यसैबीच काठमाडौंको मतगणना ढिला भएपनि धेरै ठाउँको नतिजा आइसकेको छ । महानर र केही उपमहानगरको मात्रै मत गन्न बाँकी छ । अहिलेसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

२ सय ६८ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै कांग्रेसले २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ९७ वटा पालिकाको प्रमुख र २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुख तथा १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चारवटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेकाे छ ।

यस्तै, स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् । निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal