आज :

धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले भने- जनतालाई धोका दिए मलाई पाप लाग्‍छ

  • अनलाइन डबली

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् । लौरो चुनाव चिन्हमा एक्दै मैदानमा उत्रिएका साम्पाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गरेका छन् ।

राईले २० हजार ८२१ मत पाए भने दोस्रो स्थानमा रहेका किशोर राईले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाइन् । धरानमा विभिन्न सामाजिक विषय उठाएर आन्दोलन गर्दै आएका ३९ वर्षका राईले यस पटक लौरो चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गरेका थिए ।

धरानको उपमेयरमा भने नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । २० हजार ५१० मत ल्याएर बेघा निर्वाचित भएका हुन् । उनले नेकपा एमलेका पदमप्रसाद लिम्बुलाई राजित गरेका छन् । लिम्बुले १७ हजार ६०६ मत मात्र पाएका छन् ।

निर्वाचित भएपछि राईले आफूले जनतालाई घात नगर्ने बताएका छन्। उनले आफूले सार्वजनिक रुपमा गरेका प्रतिबद्धताबाट पछि नहट्ने बाचा पनि गरेका छन् । आफू एक्लै मैदानमा उत्रिएपनि जनताले ठूला पार्टीभन्दा विश्वास गरेको बताउँदै आफूले धोका दिन नमिल्ने बताए ।

आफू लामो समयदेखि धरानको विकासको लागि संघर्ष गर्दै आएको बताउँदै राइले आफूलाई जिम्मेवारी सुम्पिएको बताए । उनले आफू अरुजस्तै नबिग्रिने समेत दाबी गरे । उनले धराने जनताको लागि घरघरमा पानी पुर्याउने लक्ष्य भएको बताउँदै त्यो पूरा नभएसम्म आफू फिल्डमै भेटिने समेत बताए ।

आफू पहिले अभियान्ताको रुपमा कराउने गरेको बताउँदै अब शैली परिवर्तन भएको बताए । उनले पहिला आफूले काम नगरेको भन्दै लागी गर्ने गरेको सम्झिँदै अब अरुको गाली खाने ठाउँमा पुगेको बताए । राइले अरुले गाली गर्दा आफू हाँसेर बस्ने समेत बताए । उनले सबैलाई साथमा लिएर काम गर्ने समेत बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal