आज :

यति धेरै भारी मतले अगाडी पुगिन रेनु, माओवादी नेताकार्यकर्ता गदगद, एमाले निराश

  • अनलाइन डबली

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । ९५ हजार ३११ मत गणना हुँदा दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ८,१५४ मतले अगाडि छिन् ।

दाहालले ३७ हजार ४६८ मत ल्याउँदा सुवेदीले २९ हजार ३१४ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत ल्याएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३९ हजार ६३९ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङभन्दा अधिकारी १६४२७ मतले अगाडि छन् । गुरुङले २३ हजार २१२ मत ल्याइकी छन् ।

यता काठमाडौं महानगरपालिकाको १४ वटा वडाको मतगणना सकिँदा वडाध्यक्षमा नेकपा एमाले र नेपाली कांग्रेसका ७- ७ जना उम्मेदवार निर्वाचित भएका छन् ।

हालसम्म काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये वडा नं १,२,३,४,५,३१ र ३२ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा वीरेन्द्र प्रजापति, ३१ का सरोज ढकाल र ३२ का नवराज पराजुली रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसले वडा नम्बर ६, ७, ८, २७, २८, २९ र ३० को वडाध्यक्ष पद जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्ष जित्नेहरुमा वडा नम्बर ६ का भुवन लामा, ७ मा विमलकुमार होडा, ८ का आशामान संगत, २७ मा योगेशकुमार खड्गी, २८ मा भाइराम खड्गी, २९ मा कुश ढकाल, ३० मा दलबहादुर कार्की रहेका छन् ।

त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २४, २५, २६ को मतगणना जारी छ । कामपाको कूल एक लाख ९१ हजार १८६ मतमध्ये एक लाख छ हजार ५१६ मत गनेर सकिएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार हालसम्म देशभर ३३ हजार ६१५ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेका छन् । अब १ हजार ६०६ जना जनप्रतिनिधि निर्वाचित भएको घोषणा हुन बाँकी रहेको छ ।

वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा ३५ हजार २२१ पदको लागि निर्वाचन भएको थियो । निर्वाचनमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्यको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगको पछिल्लो मतपरिणामको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी नेपाली काँग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवारले जितेका छन् ।

काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका १३ हजार २०० सय उम्मेदवार विभिन्न पदमा निर्वाचित भइसकेका छन् । प्रमुखमा १२७, अध्यक्षमा १८६, उपप्रमुखमा १००, उपाध्यक्षमा १९०, वडा अध्यक्षमा २ हजार ५५०, महिला सदस्यमा २ हजार ५०६, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ५ हजार ८९ जना काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

काँग्रेसपछि दोस्रो ठुलो सङ्ख्यामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । आयोगका अनुसार विभिन्न पदमा हालसम्म एमालेका ११ हजार ३८० जना उम्मेदवार विजयी बनेका छन् । विजयी हुने एमाले उम्मेदवारमा प्रमुख पदमा ६९, अध्यक्षमा १२१, उपप्रमुखमा ९२, उपाध्यक्षमा १२२, वडा अध्यक्षमा २ हजार ४९, महिला सदस्यमा २ हजार २४१, दलित महिला सदस्यमा २ हजार ४५२ र सदस्यमा ४ हजार ४९६ जना रहेका छन् ।

माओवादीका हालसम्म ४ हजार ९३० जना उम्मेदवार विजयी बनेका छन् । प्रमुखमा २४, अध्यक्षमा ९६, उपप्रमुखमा ३२, उपाध्यक्षमा ९५, वडा अध्यक्षमा १ हजार ३०, महिला सदस्यमा ९४०, दलित महिला सदस्यमा ९४९ र सदस्यमा १ हजार ७६४ जना माओवादी उम्मेदवारले जित निकालेका छन् ।

जसपा नेपालका ३ हजार ३९१ जना उम्मेदवारले जितेको आयोगले जनाएको छ । यीमध्ये अध्यक्षमा २०, उपप्रमुखमा ११, उपाध्यक्षमा १८, वडा अध्यक्षमा २७३, महिला सदस्यमा २७४, दलित महिला सदस्यमा २७२ र सदस्यमा ५४६ जनाले जित निकालेका हुन् ।

आयोगका अनुसार हालसम्म अन्य साना दल र स्वतन्त्र उम्मेदवारी दिने २ हजार ६९१ जना विजयी बनेका छन् । अन्य दल र स्वतन्त्रका २७ जनाले प्रमुखमा, २९ जनाले अध्यक्षमा, २० जनाले उपप्रमुखमा, २७ जनाले उपाध्यक्षमा, ५६२ जनाले वडा अध्यक्षमा, ५०० जनाले महिला सदस्यमा, ४८५ जनाले दलित महिला सदस्यमा र १ हजार ३२ जनाले सदस्यमा जितेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal