आज :

एमाले अर्को किल्ला भत्कियो, बुटवल उपमहानगरको मेयरमा गठबन्धनका पाण्डे विजयी

  • अनलाइन डबली

बुटवल । नेकपा एमालेको अर्को किल्ला भत्किएको छ । विगत २५ बर्षदेखि एमालेले लगातार जित्दै आएको बुटवल उपमहानगरपालिकाको मेयरमा गठबन्धनका खेलराज पाण्डे निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवार बनेका पाण्डेले मत गणनाको सुरुदेखि नै अग्रता लिएका थिए । पाण्डेले ३० हजार १३१ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेकपा एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मात्रै मत ल्याए । भट्टराई पाण्डेसँग ७ हजार ५३३ मतान्तरले पराजित गरेका छन् । त्यस्तै, राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी सावित्रा अर्याल विजयी भएकी छन् । उनले २४ हजार ९०४ मत ल्याइन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका चिनबहादुर गुरूङले १७ हजार ९८० मत ल्याए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याएकी छन् ।

काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ । एमालेले ५ वडामा विजयी भएको छ । तर निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ। कार्यकर्ताहरुले र्‍याली निकालेका छन् । नेपाली काँग्रेसले २५ बर्षपछि बुटवलमा पाइला टेकेको छ ।

यसैबीच दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाइ पछि पार्दै नेकपा एमालेका टीकाराम खड्का अग्रता लिएका छन् । उनले झिनो मतअन्तरले अग्रता लिएका छन् । २५ हजार ६८३ मत गणना हुँदा एमालेका खड्काले १० हजार ६०५ मत र नेपाली कांग्रेसका गिरीले १० हजार ५३४ मत ल्याएका थिए । एमालेका खड्का कांग्रेसका गिरीभन्दा ७१ मतले अघि छन् । यसअघि कांग्रेसका गिरी अगाडि थिए ।

उपमेयरमा भने एमालेकी स्यानी चौधरी गठबन्धनका उम्मेदवारभन्दा फराकिलो मतले अगाडि छिन् । उनले आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै मतान्तर बढाउँदै गएकी छन् ।

चौधरीले ९ हजार ९१७ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले ८ हजार ९९ मत ल्याएका छन् । चौधरी रानाभन्दा एक हजार १ हजार ८१८ मतले अगाडि छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal