आज :

भरतपुरको पछिल्लो नतिजाः रेणुले पाइन् २९ हजार ४७८ मत, सुवेदीको कति ?

  • अनलाइन डबली

चितवन । भरतपुरको जारी मत गणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । भरखर सार्वजनिक गरिएको नतिजाअनुसार नेकपा माओवादी केन्द्रकी नेतृ तथा गठबन्धनकी उम्मेदवार रेणु दाहालले २९ हजार ४७८ मतका साथ अग्रता कायमै राखेकी छन् । त्यसैगरी नेकपा एमालेका विजय सुवेदीले २३ हजार ७४५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १० हजार ३३४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी पोखरा महानगरपालिकाका पछिल्लो नतिजा पनि सार्वजनिक भएको छ । मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ३४ हजार २ सय ५९ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । नेकपा एमालेका उम्मेदवार कृष्ण थापा ३० हजार ९ सय ८२ मत ल्याएर आचार्यलाई पछ्याइरहेका छन् । आचार्यले ३ हजार २७७ मतले अग्रता लिइरहेका छन् । अहिलेसम्म पोखरामा ८५ हजार ५८ मत गणना भइसकेको छ ।

यहाँ उपमेयरमा भने एमाले अगाडि छ । नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ३५ हजार २ सय ६८ मत ल्याउँदा कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ३४ हजार ७ सय ९६ मत पाउनुभएको छ ।

उता धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आग्रता कायमै राखेका छन् । उनले आफ्ना निकटतम पर्तिस्पर्धी एमालेका शिवशंकर साहलाई २ हजार ५४१ मतले पछि पारेका छन् । भरखर सार्वजनिक भएको मत परिणामअनुसार साहले ८ हजार ४३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साह ५ हजार ८ सय ९५ मतसहित पछ्याइरहेका छन् ।

यस्तै मेयरमै लोकतान्त्रि समाजवादी पार्टीका मनोज चौधरीले ३ हजार ४० मत प्राप्त मेयरको दौडमा तेस्रो स्थानमा छन् । उपमेयरमा नेपाली कांग्रेसकी किशोरी साह ९ हजार ४४५ मत प्राप्त गर्दै शीर्षस्थानमा छन् । उनलाई एमालेकी रूना झाले ६ हजार ९०४ मतसहित पछ्याइरहेकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal