आज :

सहिदका सपना पूरा गर्ने बाचा गरेर कार्यभार समालेका अध्यक्षले भनेः जितेका पालिका नमूना बनाउँछौं

  • अनलाइन डबली

हुम्ला । जिल्लामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित अध्यक्षहरुले पार्टी कार्यालयमा गएर जनयुद्धका प्रथम सहिद वक्त बुढाको फोटोमा माल्यार्पण गर्दै जितेका पालिकाहरूलाइ नमूना गाउँपालिका बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । उनीहरूले सामुहिक रूपमा सहिदका सपना पूरा गर्ने बाचा समेत गरेका छन् । हुम्ला जिल्लाका ६ वटा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका छन्मा । ओवादी र काँग्रेले ३/३ ठाउँ जितिसकेका छन् भने, चँखेली गाउँपालिकामा काँग्रेसका स्वतन्त्रले शुक्रबार जितको परिणा आएको छ ।

माओवादीका तर्फबाट सिम्कोट गाउँपालिका अध्यक्षमा नवनिर्वाचित बिजय भण्डारीले शुक्रबार पदभार ग्रहण गरे लगत्तै सहिद बुढाको फोटोमा माल्यार्पण गरेर आएको बताए । जनयुद्धमा सहिदले देखेका सपना जनताले दिएको भरोषाबाट आफूले विस्तारै जनअपेक्षा पूरा गर्ने अध्यक्ष भण्डारी बताए । त्यसैगरी ताँजकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लालकेश जैसीले सहिद बुढाको फोटोमा अबिर तथा माला अर्पण गरेर सहिदलाइ चाँची राखेर सपथ खाएकाे अनलाईन डबलीसँग बताए ।

जनयुद्धको माओवादी आधार इलाका रहेको हुम्लाले जनताको सुन्दर भविष्यको लागि ठूलो त्याग तथा बलिदन गरेको बताउँदै, अब आफुहरुले जित हाँसिल गरेका ठाउँहरुमा सहिदलाई साक्षि राखेर नमुना गाउँपालिका बनाउने उद्घोषसमेत गरे । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सह–सचिवसमेत रहेका जैसीले देशको युगन्तकारी परिवर्तनका मुखय संवाहक शक्ति माओवादीले यस अघिको प्रथम कार्यकालमा देशभरीका विभिन्न ठाउँमा उत्कृष्ट नमुना स्थानिय तहकारुपमा आफूलाई परिचित गरिसकेकोले पनि आफूहरुलाई हुम्लामा राम्रो काम गर्ने प्रेणा जागेको बताए ।

नाम्खा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष प्रेम लामाले सहिद बुढाको फोटोमा माल्यार्पण गर्दै विगतमा स्थानिय तहहरुमा आशातितरुपमा काम नभए पनि सहिदलाई साक्षि राखेर साँच्चिकै जनहितमा लाग्ने बताए । सिम्कोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले शुक्रबार सफत लिएपनि अरुले आइतवार मात्र आफ्ना उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ख्वाएपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको जैसीले बताए ।
उनिहरुले नेपालका कम्युनिस्ट पार्टीका संस्थापक नेता पुस्पलाल र नर बहादुर कर्मचार्यको फोटोमा समेत माल्यअर्पण गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal