आज :

बालेनको मत ३३ हजार कट्यो, कति छ केशव र सिर्जनाबीच मतान्तर ? ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५६८ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् ।

९० हजार २९२ मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् । केशव स्थापितले १७ हजार ६९२ र सिर्जना सिंहले १७ हजार ५७९ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् । हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।

उता पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शनिबार बिहानसम्म उनले मतान्तर ३ हजार भन्दा बढी पुर्याएका छन् ।

पोखराको ८० हजार १५४ मत गणना भइसक्दा उनी ३ हजार ४३९ मतले अगाडि छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका आचार्यले ३२ हजार ४८० मत पाउँदा उनलाई पछ्याइरहेका अर्का प्रत्यासी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याएका छन् ।

मेयरकै दौडमा रहका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खरालले ३ हजार ५२० मत पाएका छन् । अटेरी नामक अभियानबाट स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेल (गनेस) ले २ हजार २४९ मत पाएका छन् ।

पोखराको उपमेयरका लागि फेरि नेकपा एमालेले अग्रता लिएको छ । मेयर पदमा मतान्तर फराकिलो हुँदै जाँदा उपमेयरमा भने रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ र नेपाली कांग्रेसकी कोपिला रानाभाटबीच थोरै मतान्तरले सुरुआतदेखि नै एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । अहिले एमालेकी मञ्जु २६२ मतले अगाडि छिन् ।

मञ्जुले ३३ हजार २२१ मत पाउँदा उनलाई पछ्याइरहेकी कोपिलाले ३२ हजार ९५९ मत पाएकी छन् । उपमेयर दौडमै रहेकी राप्रपाकी रञ्जना सेनले ३ हजार ४११ मत पाएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal