आज :

भरतपुरको ताजा अपडेट- फराकिलो मतान्तरले लिड गर्दै रेनु, कति मतले पछि छन् विजय ?

  • अनलाइन डबली

काठमाडौँ । भरतपुर महानगरमा मेयर उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै गएकी छन्। भरतपुर महानगरपालिकामा रेनु दाहालले २१२६७ मत ल्याएकी छन् भने विजय सुवेदीले १८०७५ मत ल्याएका छन्। यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले ७९८३ मत ल्याएका छन्।

उता विराटनगर महानगरपालिका मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की जितनजिक पुगेका छन् । दुवै उम्मेदवारले निकटतम प्रतिस्पर्धीसँगको मत अन्तर फराकिलाे बनाएका छन्

पछिल्लो मत परिणाम अनुसार कोइरालाले २५ हजार ३१२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर कुमार थापाले १८ हजार ८३५ मत पाएका छन् । सागर भन्दा नागेश ६ हजार ४७७ मतले अगाडि छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ६६५ मत पाएका छन् । राप्रपा उम्मेदवार प्रह्लाद साहले चार हजार ७२९ मत पाएका छन् । यो पटक विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता छन् ।

जसमध्ये ८९ हजार ७८९ मत खसेको थियो । खसेकोमध्ये ७६ हजार मत गणना भइसकेकाे छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत पाएर निर्वाचित भएका थिए ।

दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३११ मत पाएका थिए । यो पटक दुवै उम्मेदवारले अघिल्लो निर्वाचनमा आफ्नो दलका उम्मेदवारले पाएको मत कटाएका छन् ।

उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले २२ हजार १४, जसपा उम्मेदवार अमरेन्द्र यादवले १२ हजार ३६६, राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले पाँच हजार ७६५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले चार हजार ५५० मत पाएका छन् ।

उपमेयरमा अमरेन्द्र भन्दा शिल्पा नाै हजार ६४८ मतले अगाडि छिन् । त्यस्तै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो गृहपालिका नै गुमाएका छन् । डा. राउतको स्थायी बसोबास रहेको सप्तरीको महादेवा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको छ ।

अध्यक्ष राउतले आफ्नो गृहपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा जित हात पारेर चित्त बुझाएका छन् । पार्टी अध्यक्षकै गृहपालिका गुमाए पनि जनमत पार्टी सप्तरीका दुई स्थानीय तहमा जित हासिल गर्न सफल भएको छ ।

जनमतका उम्मेदवारले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा दुई वडासहित प्रमुख र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष र उपाध्यक्ष नै जितेका हुन् । जनमत पार्टीले यो स्थानीय निर्वाचनमा मधेशका अधिकांश स्थानीय तहमा उम्मेदवारी दिएको थियो ।

मधेस प्रदेश बाहिर रूपन्देहीको गैडहवा गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्षका उम्मेदवार रामदेव यादव ३ हजार ४३९ मतसहित पहिलो स्थानमा छन् । उनलाई पछ्याइरहेका कांग्रेसका बसिउल्लाह मुसलमान र एमालेका सुरेन्द्र पौड्यालले क्रमशः ३ हजार ३९२ र ३ हजार ३९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, लुम्बिनी सांस्कृति नगरपालिकामा जनमत पार्टीबाट उपमेयर प्रत्यासी सिन्ध्या लोध र मर्चबारी गाउँपालिकामा उपप्रमुख पदका प्रत्यासी पूजा यादव अग्रस्थानमा छन् ।

तर अहिलेसम्म सप्तरीको दुई पालिका बाहेक अन्यत्र उक्त पार्टीका उम्मेदवार विजयी हुन सकेका छैनन् । वडा तहमा भने जनमत पार्टीबाट ११ उम्मेदवार निर्वाचित भइसकेका छन् भने केही उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal