आज :

नेपालजंगमा राप्रपाको गढ भत्कियोः मेयरमा काँग्रेस विजयी, विरगंजमा एमाले ११ हजार पछि पर्यो 

  • अनलाइन डबली

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मत गणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले २३ हजार ४६० मतसहित विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६७५ मत पाए भने राप्रपाका उम्मेदवार नन्दलाल वैश्यको पक्षमा ७ हजार ५९८ मत मात्रै पाए । यसअघि राप्रपाले जितेको थियो ।

त्यसैगरी नगर उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी भएका छन् । एमाले उम्मेदवार शान्ति देवी ढकालले १० हजार ९१५ मत पाएकी छन् । राप्रपाकी बिन्दु चर्तिमगरले १० हजार १३५ मत पाएकी छन् ।

उता पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगी करिब ११ हजार मत पछि परेका छन् । जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले सुरुदेखि नै अग्रता लिएका थिए । त्यस्तै, उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम पुरुषोत्तमलाल झाले पाएको भन्दा ५ गुणा बढी मतले अघि छन् ।

सुरुदेखि नै अग्रता लिएका राजेशमानले २२ हजार १०१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले ११ हजार ४२२ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार गिरीश गिरीले १ हजार १६४ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले शुरुदेखि नै अग्रता लिइरहेका छन् । उनले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तमलाल झाभन्दा ५ गुणा बढी मत ल्याएका छन् । इम्तियाजले १५ हजार ८८१ मत पाउँदा झाले हालसम्म ३ हजार २५४ मत मात्रै पाएका छन् । उनीहरुबीच १२ हजार ३२९ मतको अन्तर देखिएको छ ।

हालसम्म मेयर पदमा ८ हजार ९३९ मत बदर छ । उपप्रमुखमा २० हजार ३३३ मत बदर भएको छ । अहिलेसम्म गणना भएका हरेक वडामा राजेशमानले नै बढी मत पाइरहेका छन् । वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, ९, २४, २३, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को ४३ हजार ८०० मत सकिएको छ ।

सरावगी वीरगञ्ज महानगरको निवर्तमान मेयर हुन् । २०७४ सालको निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए भने राष्ट्रिय जनता पार्टी नेपालबाट मेयरमा उठेका राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal