
अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको मेयर र उपमेयर नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नम्बर ५ को मतगणना जारी छ । त्यही उनी पछि परेपनि अग्रता कायमै रहेको छ ।
उपमेयरमा पनि नेपाली काँग्रेसले नै अग्रता लिएको छ । पूर्व शिक्षकसमेत रहेका हर्कबहादुर रावल उपमेयर बन्ने पक्का भएको छ । उनले प्रतिस्धीभन्दा भन्दा निकै बढी मत ल्याएका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा भएको थियो ।
यसैबीच कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेले विजय हात पारेको छ । नगरकाे प्रमुख मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका छन् ।
ढकालले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गरेकी हुन् । ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गरे ।
उपप्रमुखमा विजयी खनालले २० हजार ३६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत प्राप्त गरे। कूल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व काँग्रेसले पाएको छ ।
यसैबीच विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोलेको छ । बाराको फेटा गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा विजयी भएर विवेकशील साझाले खाता खोलेको हो ।
गाउँपालिकको अध्यक्षमा रूस्तम अन्सारी र उपाध्यक्षमा निलम साह विजयी भएका हुन् । यस्तै गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा मौलाना मिरहमजा ठकुराइ र ६ को अध्यक्षमा प्रहलाद साह तेली विजयी भएका छन् । यसअघि नेपाली काँग्रेस विजयी यस पालिकामा विवेक शील साँझाले सहज जित हात पारेको छ ।