आज :

हुम्लामा ढल्यो एमालेको किल्लाः नेताहरुको हैसियतमाथि प्रश्न, चोक्टा खान गएका लामा झोलमा डुबे

  • अनलाइन डबली

हुम्ला जिल्लाको अदान्चुली गाउँपालिका नेकपा(एमाले)को जिल्लाको गड मानिदै आएको थियो, यस अघि एमालेका तत्तकालिन जिल्ला अध्यक्ष दल फडेराले गाउँपालिकाको प्रथम कार्यकाल विताएका थिए । यस पटक पनि उनै फडेरा अध्यक्षको उम्मेद्वारकारुपम खडा हुँदै पराजित भए, यससँगै एमालेको गड भत्किएको छ । पार्टीको स्थायी समिती सदस्य गोरखबहादुर बोगटी र लामो समयदेखि एमाले नेतृत्वको गाउँ भएकाले पनि एमाले हावी हुँदै आएको थियो ।

अदानचुली गाउँपालिकाका साझा गठवन्धनका अध्यक्ष नेपाली काँग्रेसका मोहन बिक्रम सिंहले उनलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुनु । काँग्रेस हुम्ला जिल्ला सभापतिसमेत रहेका सिंहले १ हजार ९ सय ६८ मत प्राप्त गरेका थिए भन, निर्वतमान अध्यक्ष फडेराले १ हजार ३ सय २९ मत ल्याई पराजित भए । एमालेको जिल्लाभरी एउटा मात्रै गाउँपालिका अदान्चुली थियो त्यो पनि यसपटक गुमाएपछि गोरखबहादुर बोगटी एमाले स्थायी समिति सदस्य रहेकोले उनले साख जोगाउन नसकेकोप्रति कार्यकर्ता निराश बनेको बताइन्छ ।

दल रावल र दल फडेरा दुई जना भरखरैमात्र एमाले केन्द्रीय सदस्य बनेका थिए, माओवादी केन्द्रबाट असन्तुष्ट बनेर एमालेमा प्रवेश गरेका छिमीलामाले आफू एमालेमा गएपछि जिल्लामा माओवादी हराउने घोषणा गरेका थिए, तर एमाले जिल्लाबाट निल भएको छ । त्यसैगरी, उपाध्यक्ष पदका उम्मेदवार नेकपा(माओवादी केन्द्र)को तर्फबाट कर्ण रोकाया ( सुधार ) १ हजार ९ सय ९६ मत प्राप्त गरि बिजय भएका हुन् । भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेस बिद्रोही उम्मेरदवार (स्वतन्त्र) लोकेन्द्र भण्डारीले १ हजार ६ मत प्राप्त गरेका छन् ।

१ नम्बर वडा अध्यक्षका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट अक महतारा ३२६ मत प्राप्त गरि बिजय भएका छन् । वडा सदस्य १मा दलु फडेरा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट दलु फडेरा (सन्जय)ले ३१८ मत प्राप्त गरि बिजय हुनुभयको छ भने वडा सदस्य २ मा भने कल बहादुर महतारा नेपाली काङ्ग्रेसको तर्फबाट ३०४ मत प्राप्त गरि बिजय भए । महिला वडा सदस्य मा नेपाल कम्युनिस्ट एकीकृत समाजबादी पार्टीको तर्फबाट हिरा धामीले २६२ मत प्राप्त गरि बिजयी भए भने दलित महिला वडा सदस्य नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट भैकती सुनार २७२ मत प्राप्त गरि बिजयी भएका छन् ।

२ नम्बर वडा अध्यक्षको उम्मेदवार नन्द महताराले ४४७ मत प्राप्त गरि बिजयी भएका छन् । वडा सदस्य १मा नन्द बहादुर बुढाले ४०२ मत प्राप्त गरि बिजय हुनुभयको छ भने वडा सदस्य २मा हिर भण्डारीले ३९५ मत प्राप्त गरि बिजय हुनु भयको छ। महिला वडा सदस्य बुनकला बुढाले ४२४ मत प्राप्त गरि बिजय हुनु भयको छ भने दलित महिला वडा सदस्य अमनी कुलालाले ४२१ मत प्राप्त गरि बिजयी भएका छन् ।

वडा नम्बर ३ मा गठबन्धन प्यानल बिजय भयको छ। नेपाल् कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट अध्यक्ष डिल बहादुर फडेराले ३४५ मत प्राप्त गरि बिजय हुनुभयको छ।वडा सदस्य १मा ने क पा समाजबादी पार्टीको तर्फबाट धन बहादुर फडेराले २७३ मत प्राप्त गरि बिजय हुनुभयको छ भने वडा सदस्य २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट सिंह रोकाया (रफ्तार)ले २६४ मत प्राप्त गरि बिजय हुनु भयको छ।महिला वडा सदस्य नेपालि काङ्ग्रेसको तर्फबाट किडि भण्डारी बुढाले २८२ मत प्राप्त गरि बिजय हुनुभयको छ भने दलित महिला वडा सदस्य नेकपा माओवादी तर्फबाट बेलसरा पलातीले ३१५ मत प्राप्त गरि बिजयी भएका छन् ।

४ नम्बर वडामा गठबन्धनको प्यानल बिजय भयको छ। ४ नम्बर वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी माओवादी तर्फबाट मनऋषी पाण्डेले २८२ मत प्राप्त गरी जित हात पारेका छन् । वडा सदस्य १ नेपाली काङ्ग्रेस तर्फबाट गोर पुन मगरले २८२ मत प्राप्त गरि बिजयी भएका छन् । भने वडा सदस्य २मा नेपाली काङ्ग्रेस तर्फबाट धनकृष्ण जैसिले २५० मत प्राप्त गरि बिजय हुनु भयको छ। महिला वडा सदस्य ने क पा माओवादी तर्फबाट कुसुम रोकायाले २६० मत प्राप्त गरि बिजयी भएको छ भने दलित महिला वडा सदस्य नेपाल कम्युनिस्ट पार्टी माओवादी तर्फबाट अपुरी सुनारले २६३ मत प्राप्त गरि बिजयी भएकी छन् ।

वडा नम्बर ५ मा गठबन्धनको प्यानल बिजय भयको छ। ५ नम्बर वडा अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी समाजबादीको तर्फबाट कमल छत्यालले ७७४ मत प्राप्त जितेका छन् । वडा सदस्य १ मा नेपाल कम्युनिस्ट पार्टी केन्द्रको तर्फबाट मकबिर छत्यालले ४३६ मत प्राप्त गरि बिजयी भएका छन् भने वडा सदस्य २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तर्फबाट सिंह बोहोराले ४४४ मत प्राप्त गरि बिजयी भएका छन् । महिला वडा सदस्य एकीकृत समाजबादी तर्फबाट पम्फा शाहीले ३७७ मत प्राप्त गरि बिजयी भएका छन् भने दलित महिला सदस्य नेपाली काङ्ग्रेस तर्फबाट अबकती टमटाले २३६ मत प्राप्त जित हासिल गरेका छन् ।

वडा नम्बर ६ मा पनि गठबन्धन प्यानल बिजय भयको छ । ६ नम्बर वडा अध्यक्षका पदका उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी माओवादी तर्फबाट बिर्ख बुढाले २७८ मत प्राप्त गरि बिजयी भएका छन् । वडा सदस्य १मा माओवादी केन्द्रको तर्फबाट नर्दिप शाहीले २८५ मत प्राप्त गरि जित हात पारेका छन् भने वडा सदस्य २ नेपाली काङ्ग्रेस तर्फबाट राजेन्द्र बुढाले २६३ मत प्राप्त गरी बिजयी भएका छन् । महिला वडा सदस्य नेपाली काङ्ग्रेस तर्फबाट छ्याङ्गकला रोकायाले २५० मत प्राप्त गरेकी छन् भने दलित महिला वडा सदस्य एकीकृत समाजाबादी पार्टी बाट गोरि सौरा टमटाले २५७ ले मत प्राप्त गरि बिजयी भएका छन् ।

हुम्लामा नेकपा एमाले पार्टी स्थायी समिति सदस्यदेखि प्रदेश पदाधिकारीसम्मका नेताहरु छन् । कुनै पनि पालिका नजित्दा नेताहरुमाथि नै प्रश्न खडा भएको छ । माओवादी केन्द्रबाट आषाकर लामा प्रवेश गरेर एमालेलाई पहिलो पार्टी बनाउने बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाउँदै आषाकरले हुम्लामा माओवादी सकिृएको घोषणा गरेका थिए । आषाकर अहिले चुक्टा खान गएकी बुढी जस्तै भएको जिल्लामा चर्चा हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal