आज :

एमालेले अर्थमन्त्री खोजेपछि उपस्थित हुन सभामुख सापकोटाको निर्देशन

  • अनलाइन डबली

काठमाडौँ । बुधबारदेखि प्रतिनिधि सभाको संसदमा सुरू भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मा खोजेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले छलफलमा बोल्दै अर्थमन्त्रीको उपस्थिती बारे सोधि-खोजि गरेका हुन् ।

‘विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री आफै उपस्थित हुनुहुन्न,’ उनले भने, ‘कुनै पनि मन्त्रीज्यूहरूले छलफल भएका विषयलाई टिपेको पनि देखिँदैन ।’ अर्थमन्त्री संसदमा उपस्थित नभइ के आधारमा छलफल गर्ने भन्ने प्रश्न गर्दै भट्टराइले भने, ‘एमालेले यसको उत्तर खोजेको छ ।’

एमालेका प्रमुख सचेतक भट्टराईले उठाएको विषय सभामुख अग्निप्रसाद सापकोटाले समेत ध्यानाकर्षण गरेका छन् । ‘प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम संबन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थितिका लागि निर्देश गर्दछु,’ सभामुख सापकोटाले भने ।

र, मन्त्री उपस्थित नहुञ्जेलसम्मका लागि उपस्थित नहुँदा अन्य मन्त्रालयका मन्त्रीले छलफलमा उठेको विषयलाई नोट र टिपोट गर्न समेत उनले निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal