आज :

मतगणना सकिन नपाउदै देउवाले थाले यस्तो तयारी, गृह र कानुनमन्त्रीले भेटे प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । देशभर स्थानीय तहको निर्बाचन लागेको छ, अहिले मतगणना जारी छ । यता मतगणना जारी रहेका बेला उता देउवा सरकारले भने बेग्लै तयारी गरेको छ ।

देउवा सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २२ साउन २०७५ देखि संसदमा छ ।

यसलाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गरेका छन् ।

प्रचण्डको निजी निवास खुमलटारमा भएको भेटमा नागरिकता विधेयकका बहसमा रहेका केही प्रावधानहरुबारे छलफल भएको स्रोतले बतायो ।

नागरिकता विधेयकमा नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता विवाह लगत्तै दिने कि निश्चित अवधिपछि मात्रै दिने भन्ने विषयमा विवाद छ ।

प्रचण्डसँगको भेटमा अन्य विधेयकहरु पेश गर्ने, संसदमा भएका विधेयकहरुलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका कतिपय विधेयकरुपमा संशोधन गर्नुपर्ने भएकाले र सत्ता साझेदार दलहरुबीच सहमति आवश्यक भएकाले विधेयकका प्राविधिक विषयहरुमा प्रचण्डसँग छलफल गर्न गएको ती मन्त्रीले जानकारी दिए ।

संघीय संसद सचिवालयका अनुसर हाल संसदमा ५७ वटा विधेयक छन् । कतिपय विधेयकहरुमा एकात्मक शासन व्यवस्था अनुरुपका प्रावधानहरु रहेको भन्दै स्वयं प्रचण्डले संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

नेताहरुका अनुसार संसदमा रहेका विधेयकहरुका प्रावधानलाई एकै पटक संशोेधन गरेर अगाडि बढाउने सरकारको तयारी छ । यो विषयमा कानुनमन्त्री बन्दीले आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal