आज :

एमालेलाई हराएर एकीकृत समाजवादीले सुदूरपश्चिममा जित्यो पहिलो मेयर

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा पहिलो मेयर जितेको छ। कैलालीको घोडाघोडी नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका खडकबहादुर रावतले एमालेका ममताप्रसाद चौधरीलाई हराएका हुन्।

रावतले १३१२८ मत ल्याए भने चौधरीले ८२४१ मत पाए। उपमेयरमा कांग्रेसकी गुलियाकुमारी चौधरी विजयी भएकी छन्। उनले एमालेकी करूणादेवी बटालालाई हराएकी हुन्। यहाँ सत्तारूढ गठबन्धन थियो।

२०७४को चुनावमा यसपालि पराजित भएका एमालेका चौधरीले मेयर जितेका थिए। देशभर हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले १३ वटा पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १२ पालिकामा जित हात पारेको छ। ७ जना स्वतन्त्र उम्मेदवारले पालिकामा प्रमुख पद जित्दा राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुख पद जितेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले २-२ वटा पालिकामा प्रमुख पद जितेको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले १-१ पालिकामा प्रमुख पद जितेका छन्।

उता मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले १७ हजार ५९८ मतसहित अग्रता जारी राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार सागर थापालाई ४ हजार ६२४ मत अन्तरले पछाडि पारेका छन् । थापाले १२ हजार ९७४ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार उमेश यादवको पक्षमा ५ हजार ८७९ र राप्रपाका उम्मेदवार प्रह्लाद साहले ३ हजार ४५७ मत पाएका छन् । जनमत पार्टीका अरुण मण्डलले ४६२, लोसपाका मृत्युन्जय मिश्रले ३७२ र विवेकशील साझाकाले २०९ मत पाएका छन् ।

उपप्रमुख पदमा नेकपा एमाले उम्मेदवार शिल्पा कार्कीले अग्रता लिएकी छन् । कार्कीले १५ हजार ४० मत पाउँदा जसपाका अमरेन्द्र यादवले ९ हजार १७७, राप्रपाकी विन्दा लुइटेल आचार्यले ४ हजार २१२ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ३ हजार २७८ मत पाएकी छन् ।

जनमत पार्टीकी अन्नु कुमारी कामतले ६६८, लोसपाकी सहनाज खातुनले ४९७ र विवेकशील साझाकी श्रृजु पराजुलीले २५२ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal