आज :

उपमहानरमा माओवादीलाई पहिलो जित, जितपुर सिमरामा राजन पौडेल विजयी

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपमहानगरपालिकामा जित हात पारेको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् । पौडेल १८ हजार ७४३ मतसहित निर्वाचित भएका हुन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलसँग नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले १७ हजार ७७९ मत ल्याएर पराजित भएकी छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले ५३८२ मत प्राप्त गरेका छन् भने राप्रपाका माधवप्रसाद त्रिपाठीले १३०२ मत प्राप्त गरेका छन् । दाङको घोराही उपमहानगरपालिकामा माओवादीलाई गठबन्धनबाटै घात भएको छ ।

अहिलेसम्म अहिलेसम्म ५ सय २८ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५४ वटा नगरपालिका र ३ सय ७४ वटा गाउँपालिका गरी ५ सय २८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । नतिजा अनुसार नेपाली काँग्रेसले पहिलो स्थान हासिल गरेको छ भने नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

अहिलेसम्म मत गणना सम्पन्न भएका स्थानको अवस्था ।

कांग्रेसः अहिलेसम्म नेपाली कांग्रेस २ सय ३९ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८० नगरपालिकाको मेयर र एक सय ५९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।
यस्तै कांग्रेसले ६० वटा नगरपालिकाको उपमेयर र एक सय ६३ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २ सय २३ पालिका जितेको हो । कांग्रेसले २ हजार १ सय ७५ वटा वडाध्यक्ष पद जितेको छ ।

एमालेः एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १ सय १ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ४७ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, सय वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १ सय ५७ वटा जितेको छ । एमालेले एक हजार ६ सय ९३ वटा वडाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रः नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १ सय २ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १ सय ८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९ सय ८ वटा वडाध्यक्ष पद जितेको छ ।

नेकपा ( एकीकृत समाजवादी): नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर, पाँच वटा गाउँपालिकाको अध्यक्ष तथा पाँच वटा नगरपालिकाको उपमेयर जितेको छ । नेकपा एकीकृत समाजवादीले उपमेयर र उपाध्यक्ष गरी १५ वटा पालिकामा जितेको छ ।

जसपाः जसपाले १२ वटा पालिकामा अध्यक्ष र १० वटा पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ । जसपाले १ सय ८७ वटा वडाअध्यक्ष जितेको छ ।

अन्य दल/स्वतन्त्रः अरु दल र स्वतन्त्रले गरी २१ वटा पालिका जितेका छन् । त्यस्तै १५ वटामा उपमेयर/उपाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal