आज :

घोराही उपमहानगरमा माओवादीलाई गठबन्धनबाटै घात, एमालेका नरुलाल चौधरी विजयी

  • अनलाइन डबली

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रमाथि गठबन्धन नेताहरुबाटै घात भएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हेमराज शर्मालाई नेकपा एमालेका उम्मेदवार पराजित गरेका छन् ।

नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट घात भएपछि गठबन्धनको पक्षमा परिणाम नआएको माओवादी नेताहरुले बताउँछन् । अन्तिम परिणाम अनुसार नगर प्रमुखमा एमालेका नरुलाल चौधरीले ३१ हजार ७२८ मत ल्याएर निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार हेमराज शर्माले २६३६८ मत ल्याए ।

त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकै हुमा डिसिले ३०४०३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुप बहादुर डागीले ३०३५४ मत ल्याए ।

घोराही उपमहानगरपालिकाका १९ वडा मध्ये एमाले अध्यक्ष १३ वटा गठबन्धनका तर्फबाट कांग्रेस ५ वडा र माओवादीले एउटा वडा जितेको छ ।

यसैबीच जितपुर सिमरा उपमहानरपालिकामा नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी भएका छन् । उनले १८७४३ मत ल्याए । नेकपा एमालेकी सरस्वती देवी चौधरीले १७७९ मत पाइन् । यस्तै लोसपाका संजय कुमार साहले ५३८२ मत पाए ।

उपमेयर तर्फ नेकपा एमालेका भोला प्रसाद अधिकारी विजयी भए । उनले १७४९२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका मेघा शाहीले ५८४२ मत पाइन् ।

यसैबीच भक्तपुरको सूर्यविनायक नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नगरप्रुमखमा एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले हराउँदै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७ सय ५८ मत ल्याए भने ढुंगेलले १३ हजार २ सय ३२ मत पाए ।

यस्तै उपप्रमुखमा पनि एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले १३ हजार ४ सय ९० मतसहित गठबन्धनबाट उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८ सय २९ मत अन्तरले पराजित गरेकी हुन । बस्नेतले ६ हजार ६ सय ६१ मत मात्र पाएका छन् ।

सूर्यविनायक नगरका १० मध्ये पाँच वडामा एमाले र पाँच वडा अध्यक्ष काँग्रेसले जितेको छ। काँग्रेसले २, ३, ४, ६ र ९ नं मा जित हात पार्न सफल हुँदा एमालेले वडा नम्बर १, ५, ७, ८ र १० मा जित निकालेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal