जुम्ला । जिल्लको चन्दननाथ नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएको छन् । नेपाली काँग्रेसको गढ मानिएको उक्त नगरपालिकामा काँग्रेसकै बागी उम्मेदवार कठायतले २४ सय ३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका पदमबहादुर शाहीले २३ सय ४१ मत ल्याए । त्यस्तै नेपकपा एमालेका धेवेन्द्र रोकायाले १५ सय ७० मत ल्याए ।
जुम्लामा जम्मा ११ हजार ९८ मत खसेको थियो । जसमा ५ मत बदर भएको थियो । कठायत २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर १ मा पराजित भएका थिए ।
त्यसपछि मेयरको तयारी गरिरहेका उनलाई काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । उपप्रमुखमा नेपाली काँग्रेसकी रामदेवी खड्का विजयी भएकी छन् । उनले २८ सय ८ मत प्राप्त गरिन् ।
त्यस्तै नेकपा माओवादीकी उम्मेदवारले १६ सय ३३ मत ल्याइन् । चन्दननाथ नगरपालिकामा २०७४ सालको चुनावमा नेपाली काँग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी थिइन् ।