आज :

रेणुले बनाइन् अहिलेसम्मकै धेरै मतान्तर, अब विजय सुवेदीले भेटाउन नसक्ने !

  • अनलाइन डबली

काठमाडौँ । स्थानीत तह निर्वाचन अन्तरगत कुनै पनि महानगर र उपमहानगरको मतगणनाको अन्तिम परिणाम आउन सकेको छैन । काठमाडौँ बाहेक सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

चर्चाको र चाँसोको केन्द्र बनेको चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले २ हजार बढी मत अन्तरको अग्रता लिएकी छन् । यो अहिलेसम्मकै धेरै मतान्तर हो ।

अहिलेसम्म २८ हजार २०० मतगणना भइसकेको छ । मेयरमा रेणुले करिब १० हजार मत पाएकी छन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याइरहेका छन् । मत गणतनास्थलमा रहेका माओवादी केन्द्रका एक नेताका अनुसार अब सुवेदीले रेणुलाई भेटाउन मुस्किल हुनेछ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार भन्दा बढी मत पाएका छन् । सत्ता गठबन्धनको बाक्लो मतभार भएको वडाको मत गन्न अझै बाँकी छ ।

यसैबीच मकवानपुरको थाहा नगरपालिकाको मेयर र उपमेयरमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर बिष्ट निर्वाचित भए । बिष्टले ९ हजार ७१९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अचुतमप्रसाद ढकालले ७ हजार ७७१ मत पाए ।

उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली निर्वाचित भएका छन् । उनले ८ हजार ६०७ मत पाए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी कल्पना बलामीले ८ हजार ५२२ मत पाइन् ।

वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट हेरमान गोपाली निर्वाचित भएका छन् । वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रबाटै बमबहादुर सिङ्तान विजयी भएका छन् ।

वडा नम्बर ३ को अध्यक्षमा माओवादी केन्द्रका हिरेन्द्रकुमार रायमाझी निर्वाचित भएका छन् । वडा नम्बर ४ को वडा अध्यक्षमा पनि माओवादीकै नारायण लामा निर्वाचित भएका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा एमालेका विष्णुबहादुर गुरुङ र वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका राजेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् । वडा नम्बर ७ को अध्यक्षमा कांग्रेसका शिवराज थिङ, वडा नम्बर ८ को अध्यक्षमा एमालेका हेमकुमार थिङ निर्वाचित भएका छन् ।

वडा नम्बर ९ को अध्यक्षमा माओवादीका राजकुमार बलामी निर्वाचित हुँदा वडा नम्बर १० को अध्यक्षमा एमालेका हिराबहादुर गमाल विजयी भए । वडा नम्बर ११ को अध्यक्षमा निदेश बल र वडा नम्बर १२ को अध्यक्षमा कांग्रेसका टिकाराम स्याङ्तान निर्वाचित भए ।

बुधबार विहान १० बजेसम्म ४१० स्थानको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेस सर्वाधिक धेरै स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ ।

काँग्रेसले प्रमुख ५२ र अध्यक्ष पदमा १३९ पालिका जितेको छ । अझै पनि काँग्रेसले ६३ स्थानमा प्रमुख र ४३ स्थानमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले प्रमुख पदमा २८ र अध्यक्ष पदमा ९ पालिकामा जित हासिल गर्दा ४ प्रमुख र ३२ अध्यक्ष पदमा अग्रता हासिल गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले ९ प्रमुख र ७० अध्यक्ष पदमा विजय हासिल गर्दा अझै पनि १४ प्रमुख र १८ अध्यक्ष पदमा अग्रता लिएको छ ।

यस्तै एकीकृत समाजवादीले प्रमुख पदमा २ स्थानमा जित हासिल गर्दा अध्यक्ष पदमा ५ पालिकामा जित हासिल गरेको छ । समाजवादीले ५ स्थानमा प्रमुख पदमा अग्रता कायम गर्दा अध्यक्ष पदमा १४ स्थानमा अग्रता बनाएको छ । यस्तै अन्य पार्टीका र स्वतन्त्रका गरी ५ उम्मेदवारले पालिका प्रमुख जित्दा ११ उम्मेदवारले ११ अध्यक्ष पद जितेको छ । यस्तै २७ स्थानमा अग्रता हासिल गर्दा १४ स्थानमा अध्यक्ष पद जितेको छ । यस्तै १४ पालिकामा अग्रता रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal