सल्यान । सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार अध्यक्षमा माओवादी केन्द्रका नेता निमबहादुर केसी विजयी भएका छन् । उपाध्यक्षमा पनि माओवादी नेतृ जुना मल्ल विजयी भएकी छन् ।
अध्यक्षमा निर्वाचित केसीले ४४६४ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामचन्द्र केसीले ३०१४ मत पाए । तेस्रो भएको एमालेका गणेशमान सिंहले १००१ मत ल्याए ।
यस्तै उपाध्यक्षमा विजयी जुनाले ४४६६ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी उषा चन्दले २८६४ मत पाएकी छन् । तेस्रो भएको एमालेकी पुतला खड्काले १०७६ मत ल्याइन् ।
यसैबीच डडेल्धुराको परशुराम नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा कांग्रेसका भरत बडायर जोशीले ५९४१ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी विमलाकुमारी बोहोराले ५८८५ मत ल्याएर विजयी भएकी छन् । दुबै युवा हुन् ।
जोशीले माओवादी केन्द्रका शेरसिंक माल डायमण्डलाई १३६ मतान्तरले पराजित गरेका हुन् । जोशीले ५९४१ मत ल्याए भने माओवादीका डायमण्डले ५८०५ मत ल्याए । मेयरमा तेस्रो भएका एमालेका उम्मेदवार केशव बोहराले २६०६ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा भने माओवादी केन्द्रकी विमलाकुमारी बोहोरा विजयी भएकी छन् । उनले ५८८५ ल्याएर विजयी भइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकै कलावती बोहोराले ४५९३ मत लाइएकी छन् भने तेस्रो भएकी एमालेकी गोमती पन्तले ३२९६ मत ल्याइन् ।
यो नगरपालिकामा कांग्रेस, एमाले र माओवादी एकल प्रतिस्पर्धा गरेका थिए । अघिल्लोपटक पनि परशुराममा कांग्रेस र माओवादीको प्रतिस्पर्धा थियो ।
त्यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिकाको पनि अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार साहले ५ हजार ९९ मत ल्याएर विजयी भएका छन् ।
साहले जनता समाजवादीका योगनारायण राय १ हजार ६०६ मत अन्तरले पराजित गरेका छन् । रायले ३ हजार ४९३ मत मात्र प्राप्त गरे ।
यस्तै उपमेयर पदमा पनि नेपाली कांगे्रसकी सुमित्रा देवी ग्वारनी ४ हजार ३९१ मतसहित विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले ३ हजार ४०० मत प्राप्त गरिन्