आज :

मध्यरात आयो भरतपुरको ताजा परिणामः माओवादीमा नेता-कार्यकर्ता खुशीले गदगद, एमालेमा निरासा

  • अनलाइन डबली

काठमाडौँ । सबैको चाँसो र चर्चा बनेको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म २२ हजार ९८५ मत गणना भइसकेको छ ।

जसमा नेकपा माओवादीकी नेतृ रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले अहिले ६७५ मतको अन्तरले अग्रता लिएकी थिइन् । यसअघि ४ सय मतले रेणुले अग्रता लिएकी थिइन् ।

केही अघि नेकपा एमालेले अग्रता लिएसँगै नेकपा एमालेमा खुशीयाली छाएको थियो भने यो पछिल्लो मत परिणामले निरासा छाएको छ ।

त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिकामा पनि गठबन्धनकै उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ९ हजार ५०० मतसहित अग्रता कायम गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले ४ हजार २९० मतसहित सिंहसँग प्रतिस्र्धामा रहेका छन् ।

मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने जनाइएको छ । महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो । यद्यपि पर्साका वीरगञ्ज महानगरपालिका बाहेकका अन्य पालिकामा राजनीतिक दलहरुबीच खासै तालमेल भएको छैन ।

पर्सामा मधेस प्रदेशको एक मात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन् । पर्साका अन्य पालिकाहरुमा पनि मतगणना जारी छ ।

जिल्लाको १४ वटै पालिकामा मतगणनाका लागि मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरी व्यवस्थापना मिलाइएको छ । पर्सा जिल्लामा रहेका कूल १४ वटा पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनका लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा रहेका हुन् । पर्सामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता थिए ।

त्यसैगरी  नेपालगंज उपमहानगरपालिकाको जारी मत गणनामा पछिल्लो मत परिणाम अनुसार मेयरको उम्मेदवारमा रहेका कांग्रेसका प्रशान्त विष्टले १२ हजार ८०६ मत ल्याएका छन । त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मिश्राले ६ हजार १४ भोट पाएका छन् । उनीहरुबीच दोब्बर भन्दा पनि बढि मतले अन्तर रहेको पाइन्छ ।

तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार नन्दलाल वैश्‍य रहेका छन् । उनले ५ हजार १५५ मत प्राप्त गरेका छन् ।

उप मेयरमा भने जनता समाजवादी पार्टीका उम्मेदवार कमरुद्दीन राई १० हजार ४२३ मतका साथ अग्र स्थानमा रहेका छन् । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिन्दु चर्ति मगर ६ हजार ६६१ मतका साथ दोस्रो स्थानमा रहेकी छिन् । भने एमालेबाट शान्तिदेवी ढकाल ५ हजार ७१७ मतका साथ उनीलाई पच्छ्याउँदै तेस्रो स्थानमा रहेकी छिन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal