आज :

अछामको पञ्चदेवल विनायकमा मतगणना सुरु, दुबै वडामा माओवादीको अग्रता

  • अनलाइन डबली

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको मत गणतना सुरु भएको छ । वडा नम्बर ५ लयटीको स्थगित भएको चुनाव सम्पन्न भएसँगै मतमगणना सुरु भएको हो ।

अछामका अधिकांश पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । तर, लयटीमा विवाद हुँदा चुनाव स्थगित भएको थियो । नगर प्रमुखको लागि नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले प्रतिस्पर्धा गरेका छन् ।

अहिले वडा नम्बर १ र ९ को एकै साथ मतगणना जारी छ । यी दुबै वडामा नेकपा (माओवादी केन्द्र)ले सुरुवाती अग्रता लिएको छ । मतगणना स्थलमा रहेका माओवादी नेताले दिएको जानकारी अनुसार वडा नम्बर एकमा माओवादीलाई नेपाली काँग्रेसले पछाएको छ । त्यस्तै यअघि नेकपा एमालेले जितेको वडा नम्बर ९ मा पनि माओवादीले अग्रता लिएको छ भने एमाले तेस्रो नम्बरमा झरेको छ ।

यो सुरुवाती मतगणना भएकोले कसले जित्छ भन्न नसकिने बताइएको छ । मत गणना सुरु भएका यी दुबै वडा माओवादीले आफूले जित्ने दाबी गर्दै आएको थियो भने एमालेले आफ्नो हार स्वीकार गरिसकेको थियो ।

माओवादीको तर्फबाट मेयरमा रामबहादुर बिक, नेपाली काँग्रेसबाट निवर्तमान उपमेयर अम्बिका चलाउने, नेकपा एमालेबाट नन्दसिंह कडायत र नेकपा एकीकृत समाजवादीबाट योगेन्द्र बिष्ट प्रतिस्पर्धामा छन् ।

मुख्य प्रतिस्पर्धा माओवादी, काँग्रेस र एमालेबीच हुने बताइएको छ ।

यसअघिको स्थानीय चुनावमा पहिलो नम्बर कामय गरेको नेकपा एमालेले त्यो बचाउन नसक्ने देखिएको छ । एमालेले बिरासत जोगाउन नसक्दा काँग्रेस पहिलो पार्टी हुने मत परिणामले देखाएको छ भने माओवादीले आफ्नो अवस्था केही सुदृढ गर्ने देखिएको छ ।

अहिलेसम्म नेपाली कांग्रेसले १६३ प्रमुख जितेको छ भने १५८ उप्रमुख जित हात पार्दै पहिलो नम्बर बनेको छ । नेकपा एमालेले ११० प्रमुख र
१०८ उपप्रमुख सहित दोस्रो नम्बरमा रहेको छ भने नेकपा माओवादी केन्द्र ७८ प्रमुख र ८० उपप्रमुख जित हात पारेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले ५ प्रमुख १२ उपप्रमुख सहित चौथो स्थानमा पुगेको छ तर जसमाले ४ प्रमुख र ५ उपप्रमुख जित हात पारेको छ भने उसले अग्रताको हिसाबले एकीकृत समाजवादीलाई पछाडि पार्ने देखिएको छ ।

यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले १४९ स्थानीय तममा अग्रता लिएको छ । नेकपा एमाले ९२ र माओवादी केन्द्रले ४० पालिकामा अग्रता लिएको छ ।

त्यस्तै जसपा नेपालले २७ पालिकामा अग्रता लिएको छ भने नेकपा एकीकृत समाजवादीले १५ पालिकामा मात्रै अग्रता लिएको छ । एउटा पनि पालिका नजितेको लोसपाले १२ पालिकामा अग्रता लिएको छ ।

यसैबीच सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर भण्डारी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेलाई ८४२ मतले पराजित गरेका हुन् ।

भण्डारीले ४ हजार ३९७ मत ल्याउँदा एमालेका पाण्डेले ३ हजार ५५५ मत ल्याए । त्यस्तै माओवादी केन्द्रका ईश्वर भक्त सुनारले २८१८ मत पाए ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै लक्ष्मी पुन मगर निर्वाचित भएकी छिन् । उनले ४ हजार ३०१ मत ल्याउँदा उनकी प्रतिस्पर्धी एमालेकी दुर्गा कुमारी बिष्टले ३ हजार ५९९ मत पाइन् । त्यस्तै माओवादीकी भूमिसरा टोमटाले २७८३ मत पाइन् ।

१० वटा वडा रहेको बराहाताल गाउँपालिकामा एमालेले पाँच, नेपाली काँग्रेस तीन र नेकपा माओवादी केन्द्र एक वडा जितेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal