आज :

यस्तो आयो काठमाडौँको पछिल्लो मतपरिणाम, कति मतले लिड गर्दैछन बालेन ?

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । उनले ११४३४ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ६२५८ मत पाएका छन् ।

स्थापित र साह बीचको मतान्तर ५१७६ देखिएको छ । यस्तै मेयरका अर्का उम्मेदवार सिर्जना सिंहले ५४०८ मत पाएकी छन् । यस्तै भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १०९ मतको अग्रता लिएकी छन् ।

१८ हजार ६८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार २४९ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ६ हजार १४० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३८ मत प्राप्त गरेका छन् । उप मेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ६११ मत पाएर अग्रता कायम राखेका छन् ।

राप्रपाकी हिमला गुरुङले ५ हजार ३२ मत प्राप्त गरेकी छन् । अहिले भरतपुर महानगरको वडा नम्बर ५ को मतगणना जारी छ । त्यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार पदम बोगटीले फराकिलो अग्रता लिएका छन् ।

बोगटीले १०१२ मतका साथ फराकिलो अग्रता लिइरहँदा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ३५८ मत प्राप्त गरेका छन् भने एमालेका महेश पन्तले ३१९ मत प्राप्त गरेका छन् ।

त्यस्तै राप्रपाका गजेन्द्र चन्दले २६३ मत प्राप्त गरेका छन् । नगरपालिका उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार निलम लेखक जोशीले ८६३ मतसहित अग्रता लिइरहेकी छन् ।

उनलाई माओवादी केन्द्रका बोक्सर जोशीले ६०८ मतसहित पछ्याइरहेका छन् भने एमालेका भुवन कुँवरले ४३५ मत प्राप्त गरेका छन् । राप्रपाका हेलेन श्रेष्ठले २१७ मत प्राप्त गरेका छन् ।

जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदावर शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का गीताकुमारी शाही निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याएका छन् । उनीहरूबीच ५८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतको फराकिलो अन्तरले उछिनेकी छन् । माओवादी केन्द्रका शाहीले दुई हजार ६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले दुई हजार ४२९ मत मात्रै प्राप्त गरेकी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal