आज :

सुदूरपश्चिम प्रदेशका ४५ स्थानीय तहमा मतगणना सकियो, कसले कहाँ-कहाँ जिते ?

काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ४५ वटाको मतगणना सम्पन्न भएको छ।

नौं जिल्लाका ४५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो। जसमा नेपाली काँग्रेसले १९ पालिका जितेको छ भने नेकपा एमालेले १६, माओवादी केन्द्रले ९ पालिकामा जित निकालेको छ भने स्वतन्त्रले एक पालिका जितेको छ ।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी, डडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशी, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की, अछाम ढाकरी गाउँपालिका–प्रकाशबहादुर साउद, अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल, अछामको बान्नीगढीमा कांग्रेस – टेक बहादु साँउद छन् ।

त्यस्तै अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद, अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद, बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा, बझाङको बुंगल नगरपालिका – जय बहादुर धामी, डोटीको आदर्श गाउँपालिका–गणेशबहादुर खड्का
डोटी सायल गाउँपालिका – धर्मराज जोशी, डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद रहेका छन् ।

त्यस्तै डोटीको पूर्वी चौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय, बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद, बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी, बैतडीको पाटन नगरपालिका –गौरी सिंह रावल, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया र कञ्चनपुरको बेलडाँडी गाँउपालिका– हरिशचन्द्र रानाले जितेका छन् ।

नेकपा एमाले विजयी भएका पालिकाहरू
कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी, कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना, बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया, बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा, बझाङको तलकोट गाँउपालिका – कल बहादुर रोकाया, बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया, बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिल बहादुर रावत रहेका छन् ।

दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर, दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी, दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल, दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी, दार्चुलाको दुहु गाँउपालिका –नरेन्द्र बहादुर बडाल, बैतडीको पञ्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द, बैतडीको सुर्नया गाउँपलिका – अम्मर कुँवर, बैतडीको दशरथचन्द नगरपालिका – पुष्कर राज जोशी र डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा रहेका छन् ।

नेकपा माओवादी केन्द्र विजयी भएका पालिका
दार्चुलाको नौगाड गाउँपालिका–दलजीत सिंह धामी, दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी, दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर, दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी, डोटीको बोकटान फुड्सिल गाउँपालिका–कमलबहादुर गड्सिला, डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की रहेका छन् ।

त्यस्तै डडेल्धुराको अजयमेरु गाँउपालिका– उमेशप्रसाद भट्ट, बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा विजयी, अछामको मेल्लेख गाउँपालिकामा – ज्वाला साउद रहेका छन् भने स्वतन्त्र उम्मेदवारमा बैतडीको डिलासैनी गाउँपालिका सन्तोषप्रकाश जोशीले जितेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal