आज :

दैलेखको ठाँटीकाँधमा भत्कियो एमाले किल्ला, कसले मर्यो बाजी ?

काठमाडौं । नेकपा एमालेको गढ मानिएको दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाह निर्वाचित भएका छन् ।

यो गाउँपालिकामा ०७४ को निर्वाचनमा कांग्रेसले जम्मा एउटा वडा जितेको थियो । यसपटक भने बहुमतसहित पालिका अध्यक्ष जितेको छ । कांग्रेसका रक्षबहादुर शाहले २५७१ मत ल्याएर विजयी भएका हुन् ।

उनले एमालेकी लक्ष्मीदेवी शाहलाई २९२ मतान्तरले पराजित गरे । लक्ष्मीदेवीले २२७९ मत पाएकी छन् । लक्ष्मीदेवी पूर्वमन्त्री एवम् एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहकी श्रीमती हुन् ।

यो पालिका कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको गृह पालिका पनि हो । प्रदेशसभा सदस्यमा एमालेबाट जितेका शाहीकै वडा ठाँटीकाँध-६ मा पनि कांग्रेस विजयी भएको छ ।

यो पालिकामा नेकपा माओवादी तेस्रो स्थानमा रह्यो । माओवादीका उमेश कुमार रावत (निर्मल)ले अध्यक्षमा १६१७ मत पाएका छन् । उपाध्यक्षमा भने एमालेका देवीराम बडुवाल विजयी भएका छन् ।

उनले २६९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी भद्रा कुमारी शाहीले २४१६ मत ल्याएकी छन् । माओवादीकी विजुकुमारी थापाले १००५ मत प्राप्त गरेकी छन् ।

६ वटा वडा रहेको यो पालिकामा ०७४ मा पाँच वटा वडामा एमालेले जितेको थियो । तर यो पटक एमाले दुई वटा वडामा मात्र सीमित रह्यो । काँग्रेसले वडा नं. १, ३, ४ र ६ मा जित्दा एमालेले वडा नं. २ र ५ मा मात्र जित हासिल गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal