आज :

१४ हजार मत गन्दा भरतपुरबाट आयो यस्तो मतपरिणाम, कसको भोट कति ?

चितवन । भरतपुर महानगरमा १४ हजार बढी मत गन्दा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन्। १४ हजार ३० मत गणना गर्दा सुवेदीले ४७५७ मत पाएका छन् भने सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ४७०३ मत पाएकी छन्।

बागी उम्मेदवार जगन्नाथ पौडेलले २१३१ मत पाएका छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५५९५ मत पाएका छन् भने राप्रपाकी हिमला गुरूङले ३७८९ मत पाएकी छन्। मतगणना जारी छ।

यता काठमाडौं महानगरको मतगणना अघि बढ्दै जाँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता बढाउँदै लगेका छन्। प्रारम्भिक मतपरिणामसँगै शाहले मेयर जित्न सक्ने चर्चा आममानिसबीच सुरू भएको छ। मुख्य पार्टीका नेताहरू भने अहिले नै निष्कर्षमा पुग्न नमिल्ने तर्क गरिरहेका छन्।

एमालेका मेयर उम्मेदवार केशव स्थापितले त अन्तिम परिणाम आउँदा आफूले नै जित्ने र शाह तेस्रो हुने दाबी गरेका छन्। आइतबार उनले भने, ‘जित्ने मैले नै हो, यत्ति लेखेर राख्नुस्। यसमा सन्देह नगर्नुहोस्। बालेन तेस्रो हो।’

मतगणना भित्री सहर प्रवेश नभएसम्म राय बनाउन जरूरी नभएको उनले बताए। स्थापितले कांग्रेस उम्मेदवार सिर्जना सिंहको पनि मत बढ्ने उल्लेख गरे। उनले आफ्नो मत बढ्ने दाबी गर्दै केही घन्टा कुर्न आग्रह पनि गरे।

काठमाडौं महानगरकी निवर्तमान उपमेयर तथा कांग्रेस नेता हरिप्रभा खड्गीले पनि प्रारम्भिक परिणामका आधारमा अहिले नै निष्कर्ष निकाल्न नमिल्ने तर्क गरिन्।

उनले भनिन्, ‘१ लाख ८० हजारभन्दा बढी मत गन्नै बाँकी छ। भर्खर ५–६ हजार गणना भयो। अहिले नै यही हुन्छ भन्न सकिन्न।’ सिर्जना सिंहको मत पछि गएर बढ्ने दाबी गर्दै खड्गीले भनिन्, ‘वडा नम्बर १४, १५, १६ र १८ बाट असर देखिनेछ।’ बाक्लो नेवार बस्ती रहेको काठमाडौंको ‘कोर एरिया’ नछिरेसम्म अन्तिम परिणामबारे भन्न नसकिने उनले जिकिर गरेकी छन्।

के साँच्चै काठमाडौं मेयरको मतपरिणामबारे अहिले नै निष्कर्षमा पुग्ने बेला भएको छैन?
अहिले १ देखि ६ सम्मका वडा र ३१-३२ नम्बर वडा गरी आठवटा वडाको मतगणना जारी छ। भित्री नेवार बस्ती भएका काठमाडौंका १२ वटा वडा (१६ देखि २७ सम्म) पुगेपछि मतपरिणाम उल्टिने केशव स्थापितको आशा देखिन्छ। कांग्रेसको आशा पनि भित्री नेवार बस्तीमै टिकेको छ।

भित्री बस्तीका १४, १५, १६ र १८ नम्बर वडामा कांग्रेसकी सिर्जना सिंहको मत धेरै आउने कांग्रेसले विश्वास गरेको छ। प्रकाशमान सिंह र गगन थापाको निर्वाचन क्षेत्र रहेका काठमाडौंका वडामा सिंहको धेरै मत आउने पनि कांग्रेसीहरूलाई आस छ। वडा नम्बर १०, ११, २९ र ३१ प्रकाशमान सिंहको निर्वाचन क्षेत्रमा पर्छन् भने १, ७, ८ र ३० गगन थापाको क्षेत्रमा पर्छन्।

काठमाडौंमा मतगणना भइरहेका वडा नम्बर १ देखि ६ र ३१-३२ सबैमा गएको चुनावमा एमालेले वडाध्यक्ष जितेको थियो। तर यी सबै वडामा बालेन शाहले स्थापित र सिंहको भन्दा धेरै मत ल्याएका छन्।

अन्तिम परिणाम आइसकेका १ र २ वडामा यसपालि पनि वडाध्यक्ष एमालेले नै जितेको छ। मेयरमा भने स्थापितले बालेनको भन्दा आधा मत मात्रै पाएका छन्।

जहाँसम्म भित्री नेवार बस्ती रहेका १२ वटा वडाको प्रश्न छ, त्यहाँ पनि एमाले र कांग्रेसले आशा गरेजस्तो उनीहरूको बेपत्ता धेरै भोट आउँदैन। त्यहाँ पनि उनीहरूले दाबी गरेजत्तिको कमजोर बालेन शाह छैनन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal