आज :

भरतपुर ताजा अपडेट- मतान्तर घटाउँदै रेनु, कति मतको छ फरक ?

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ५८ मतले अगाडि छन् ।

१३ हजार ९३० मत गणना हुँदा सुवेदीले ४ हजार ७२७ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ६६९ मत पाएकी छन् । महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २११४ मत पाएका छन् ।

यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५५७ मत पाएर अग्रता हासिल गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ७६४ मत पाएकी छन् ।

यस्तै हेटौंडा उपमहानगर प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मीना कुमारी लामाले अग्रता कायम राखेकी छन् । १५ हजार २५५ मत गन्दा लामाले ४ हजार ७२९ मत पाएकी हुन् ।

उपमहानगर प्रमुखमै राप्रपाका दिपक बहादुर सिंहले ४ हजार ४४९ मत पाएका छन् भने नेकपा एमालेका अनन्त पौडेलले ४ हजार ६ मत पाएका छन् ।

अहिलेसम्मको मतगणना हेर्दा यो पालिकामा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ सत्तारुढ गठबन्धन, राप्रपा र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको हो ।

यस्तै निर्वाचन आयोगले शुक्रबार निर्वाचन अवरुद्ध भएका २९, उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने २ र गोरखा चुनगुम्ब्री गाउँपालिकाबाहेक बाँकी सबै पालिकामा मतगणना जारी रहेको जनाएको छ ।

आयोगले मत परिणाम आउने क्रम जारी रहेको पनि जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १३० पालिकामा निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको जानकारी दिए ।

उनकाअनुसार सोमबार दिउँसो ३ः ३० बजेको विवरणअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष २ हजार ६७९ ५ हजार ३१८ सदस्य, महिला सदस्य २ हजार ६७८ र दलित महिला सदस्य २ हजार ६४७ गरी कुल १३ हजार ५८२ जना उम्मेदवार निर्विरोधसमेत गरी निर्वाचित भएका छन् ।

मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये सोमबार धनकुटा जिल्लाको सहिद भुमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवनलगायतका मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएका छन् ।

मतदान अवरुद्ध भएका १ गते पनि विभिन्न मतदान केन्द्रको मतदान सम्पन्न भएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal