आज :

भक्तपुर नगरपालिकामा नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले क्लिन स्वीप गरेको भक्तपुर नगरपालिकामा मेयरका बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

नेमकिपाका सुनिल प्रजापतिले भने खसेको मतको दुई तिहाइ बढी मत ल्याए । निवर्तमान मेयर प्रजापतिले दोस्रो कार्यकालका लागि २९ हजार २०० मत पाए । तर बाँकी दल र स्वतन्त्र उम्मेदवारले खसेको मतको १० प्रतिशत ल्याउन सकेनन् ।

नेमकिपाको गढ भक्तपुरमा प्रजापतिसँग प्रतिस्पर्धामा ८ वटा दल र पाँच जना स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका थिए । तर निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुला ३ हजार ३५२ मतमै सीमित भए ।

४३ हजार ३७४ मत खसेकाले जमानत जोगाउन चार हजार कटाउनुपर्ने थियो । तर २०७४ मा पाएको मतको आधामै कासुला सीमित भए । २०७४ को चुनावमा पनि नेमकिपाका प्रजापतिसँग कांग्रेसका कासुला निकतम प्रतिस्पर्धी बनेका थिए । त्यसबेला कासुलाले ६ हजार ५६० मत पाएका थिए ।

तर यसपटक सनिल प्रजापतिले झण्डै चार हजार मत बढाए । २०७४ को चुनावमा उनले २५ हजार ७३० मत पाएका थिए । कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत अन्य दलको पनि यसपटक मत घट्यो ।

२०७४ मा ४ हजार २१८ मत ल्याएको एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले यसपटक २ हजार ८३७ मत पाएका छन् । राप्रपाका बद्री लाखाजुले १ हजार १३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, जनमोर्चाका रामभक्त किजुले ४१४, जसपाका राजाराम ढुकुछुले १२१ मत पाए ।

उपमेयरमा पनि नेमकिपाका बाहेक उम्मेदवारले जमानत जोगाउन सकेनन् । उपमेयरमा दोहोरिएकी नेमकिपाका रजनी जोशीले २९ हजार ६९५ मत पाइन् । उनलाई पछ्याएकी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४ मत पाइन् । एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ र राप्रपाकी लक्ष्मी छुस्याबागले १ हजार १८० मत पाइन् । बाँकी उम्मेदवारले एक हजार मत कटाउन सकेनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal