आज :

एकाबिहानै भरतपुरबाट आयो यस्तो ताजा अपडेट, अगाडी रेनु कि विजय ? यस्तो छ अवस्था

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । ९३७० मत भन्दा एमाले राप्रपाका साझा उम्मेदवार सुवेदीले ३ हजार ३२४ मतसहित अग्रता कायमै राखेका हुन् ।

सत्ता गठबन्धनको समर्थित माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३०६ मतका साथ सुवेदीलाई पछ्याई राखेको अवस्था छ । यस्तै गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११८७ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३६८८ मत पाएका छन् भने एमाले राप्रपाबाट राप्रपाकी उम्मेदवार हिमला २६५० मत पाएकी छिन् ।

उता मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । ११ हजार ६७३ गन्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना लामा ३ हजार ४५६ मतसहित एक मतको अग्रता बनाएकी छिन् ।

उनलाई राप्रपा उम्मेदवार दिपक बहादुर सिंहले ३ हजार ४५५ मतका साथ पछ्याई राखेको अवस्था छ । यता एमालेको उम्मेदवार अनन्त पौडेलले ३ हजार ५३ मत ल्याएर तेस्रो स्थानमा छन् । उपमेयरमा भने गठबन्धनबाट काँग्रेस उम्मेदवार राजेश बानियाँले ५ हजार १०३ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई एमाले उम्मेदवार सुमित्रा काफ्ले ३ हजार ९५६ मतका साथ पछ्याइ राखेको अवस्था छ । यस्तै राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपानेले ८६८ मत पाएकी छिन् ।

यस्तै दैलेखको डुङ्गेश्वर गाउँपालिकामा काँग्रेसका निवर्तमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै नेकपा एमालेका सुन्दरकुमार केसी विजयी भएका छन् । केसीले ३ हजार ४०६ मत ल्याउँदा मल्लले ३ हजार ३३६ मतमात्र पाए ।

उपाध्यक्षमा एमालेकै कलावती न्यौपाने विजयी भएकी छन् । उनले ३ हजार ५७७ मत ल्याउँदा नेपाली काँग्रेसकी एलिजा कुमारी थापाले ३ हजार १५२ मत पाइन् । वडाहरूमा पनि एमालेले वर्चश्व कायम गरेको छ । एमालेले वडा नं. ३, ४, ५, र ६ तथा अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको हो ।

यस्तो छ वडामा
वडा नं. १ मा नेकपा माओवादी केन्द्रका श्यामबहादुर रानाले ७८१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका लोक बहादुर डाँगीले ५२४ मत ल्याए । वडा नं. २ मा काँग्रेसका यामबहादुर विष्टले ६० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका राजुकुमार खत्रीले ६३ मत ल्याए ।

वडा नं. ३ मा एमालेका कृष्णबहादुर खत्रीले ५४९ मत ल्याएर जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका उदयराम न्यौपानेले ४३० मत ल्याए । वडा नं. ४ मा एमालेकै नगेन्द्रबहादुर बुढाले ५०५ मत ल्याएर विजयी हुँदा काँग्रेसका खगेन्द्रबहादुर थापाले ४८१ मत ल्याए ।

वडा नं. ५ मा एमालेका पर्वलाल शर्मा ५३४ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी टेकबहादुर भण्डारीले ३६८ मत प्राप्त गरे । वडा नं. ६ मा एमालेका मानबहादुर थापा मगरले ४१३ मत ल्याई विजयी भए भने काँग्रेसका भीम बहादुर भट्टले ३४३ मतमात्र हासिल गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal