आज :

हुम्लाको ताँजकोटमा माओवादीका लालकेश जैसी विजयी

  • अनलाइन डबली

हुम्ला जिल्लाको ताँजाकोट गाउपालिका माओवादीका पालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का लालकेश जैसी र उपाध्यक्ष मा नेपाली काङ्ग्रेसका सुरेन्द्र बहादुर थापा भारी मत ले बिजयी भएको खबर छ ।

जैसीले १ हजार ८ सय १० तथा उनका निकटतम प्रतिद्वन्दी नेकपा(एमाले)का उम्मेद्वारले ९ सय ९५ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा विजयी नेपाली कङ्ग्रेसका सुरेन्द्र थापाले १ हजार ३ सय ९१ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्वन्दी एमाले उम्मेद्वारले ४ सय ९७ मत ल्याएका थिए । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सह–सचिब लालकेश जैशी ताजाकोट गा.पा को अध्यक्ष र वडा न.१,२,४ र ५ मा पुरै प्यानल भारी मतले बिजयी भएका छन् । देशभरी जस्तै हुम्ला जिल्लामा पनि धमाधम मत गणना भइरहेको छ, ७ वटा गाउँपालिकाहरु मध्येमा सबैभन्दा पहिले ताँजाकोटको मत गणना समपन्न हुँदा गठबन्धनले जितको सुरुवात गरेका हो ।

त्यसैगरी वडा न.१ अध्यक्ष–मोहनलाल रिठाल (सहित माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ । वडा न. २ मा अध्यक्ष–अजविर खटिकसहित माओवादी केन्द्रको पुरै प्यानल विजयी । वडा न.३ मा ४ जना वडा सदस्य विजयी माओवादी केन्द्र विजयी । वडा न. ४ मा अध्यक्ष–राज ब.बोगटीसहित माओवादी केन्द्रको पुरै प्यानल विजयी । वडा न. ५ मा अध्यक्ष–मंगल नेपालीसहित माओवादी केन्द्रको पुरै प्यानल विजयी भएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal