आज :

कांग्रेस-एमाले-विप्लव गठबन्धनलाई हराउँदै रोल्पाको थवाङमा माओवादीले जित्यो अध्यक्ष

काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्।

उनी कांग्रेस-एमाले-विप्लब गठबन्धनका उम्मेदवार दलजित रोकालाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष बुढामगरले २ हजार १ सय २२ मत पाउँदा रोकाले जम्मा एक हजार ५ सय ५ मत पाए।

रोकाले नेकपा विप्लव समूह, कांग्रेस र एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिँदा लौरो चुनाव चिह्न पाएका थिए। उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सर्मिला बुढामगर निर्वाचित भएकी छन्।

उनले दुई हजार मत पाइन् भने विप्लव समूहबाट रायबहादुर पुनले एक हजार ४ सय ५० मत पाए। यस्तै खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरूणादेवी राई निर्वाचित भएकी छन्।

गाउँपालिका अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेकी राई २८८१ मत पाएर निर्वाचित भएकी हुन्। उनले निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए।

पराजित शंकरले २५७५ मत प्राप्त गरेका छन्। गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका खेमबहादुर खड्का २८१२ मतसहित निर्वाचित भएका छन्। उनले गाउँपालिको निवर्तमान उपाध्यक्ष रहेकी एमालेकी विमला राईलाई पराजित गरेका हुन्। राईले २५९५ मत पाएका छन्।

जन्तेढुंगामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले जितेका थिए। यसपटक उनीहरू दुवै जना पराजित भएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal