आज :

भरतपुर महानगर ताजा अपडेट- रेनुले विजयलाई उछिनिन्, कति मतले छिन अगाडी ?

काठमाडौँ । भरतपुर महानगरको मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । महानगरको ३०० मत गन्दा एमाले रेनुले ११६ मत ल्याएकी छन् भने एमाले मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् ।

सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् । उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेनले १४० र एमालेका हिमला गुरुङले ८० मत पाएका छन् ।

देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ ।

तर, मतगणनाको सुरुवाति परिणाम हेर्दा केही महत्त्वपूर्ण स्थानीय तहमा बागी र स्वतन्त्र उम्मेदवारले पाएको परिणामले चुनावी परिणामलाई थप रोचक बनाएको छ ।

पार्टीमा टिकट नदिएको असन्तुष्टि र दलीय व्यवस्थाप्रतिको निराशालाई एजेन्डा बनाएका स्वतन्त्र उम्मेदवारले सुरुवाती परिणाममा सत्तारुढ गठबन्धन र अन्य दलका उम्मेदवारमाथि दबदबा बनाएका छन् ।

काठमाडौं, धनगढी, जनकपुर र बर्दिवाससहित नगरहरूमा स्वतन्त्र र बागी उम्मेदवारले पाएको मतले तरङ्ग सिर्जना गरेको छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निरन्तर अग्रता बनाएका छन् ।

अप्रत्याशित रूपमा बनेको उनको लोकप्रियताले दलहरूलाई चुनौती दिएको छ । यो समाचार तयार पार्दासम्म सार्वजनिक परिणामअनुसार साहले १९५ मत पाएका छन् भने पाँचदलीय गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १३५ र नेकपा एमालेका केशव स्थापितले १११ मत पाएका छन् ।

उता सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाति गणनामा दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् । उनले ७७ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार नृपबहादुर वडले ३५ मत पाएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दको ५ मत मात्रै छ ।

त्यस्तै, महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्रीेले अग्रता बनाएका छन् । यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन् ।

पछिल्लो परिणामअनुसार क्षेत्रीले ३४५ मत प्राप्त गर्दा एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले २५६ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले १५६ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवारबाहेक बागी उम्मेदवारहरूले समेत कतिपय ठाउँमा अग्रता लिएका छन् । जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह सुडीले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् ।

कांग्रेसको उपमहानगर सभापति रहेका उनी सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा मेयर पद कांग्रेसले नपाएपछि राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले २३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले ३४ मतमात्रै प्राप्त गरेका छन् । यहाँ नेकपा एमालेका शिवशंकर साहले ९५ मत पाएका छन् ।

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार विदुरबहादुर बस्नेतले अग्रता लिएका छन् । गठबन्धन दलबीच चुनावी तालमेल गर्दा मेयर पद नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बस्नेतले असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका थिए । सुरुवाती गणनामा बस्नेतले निरन्तर अग्रता बनाएका छन् ।

पछिल्लो परिणामअनुसार बस्नेतले ६६५ मत पाएका छन् भने नेकपा एमालेका अशोककुमार श्रेष्ठले ६२८ र गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले २६ मत पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal