आज :

सांसद यादव मतगणना स्थलभित्र प्रवेश गरेपछि वीरगञ्जमा लफडा, प्रदर्शन सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मतदान स्थलभित्र सांसद प्रदिप यादव प्रवेश गरेको विरोधमा प्रदर्शन भएको छ ।

सांसद यादवलाई मतगणनास्थलबाट बाहिर निकाल्नुपर्ने माग राखेर मतगणना स्थल बाहिर नेकपा एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

यस्तै काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर र धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले १५७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १०९ र नेपाली कांग्रेसका सिर्जना श्रेष्ठले ९७ मत ल्याएकी छन् ।

धनगढी उपमहानगर पालिकामा शुरुवाति नतिजामै गोपाल हमालले फराकिलो अग्रता बनाएका छन् । १०० मत गणना हुँदा हमालले ५५ मत पाएका छन् । नेपाली कांग्रेसका नृपबहादुर वडले २२ र नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् ।

१०० मत नै गणना हुँदा धरान उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् । उनले ३३ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राईले ३१, नेकपा एमालेकी मञ्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यले ३ मत पाएका छन् ।

जनकपुर उपमहानगर पालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले अग्रता लिएका छन् । साहले २५९ मत सहित अग्रता लिदा गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मत मात्रै पाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवारी दिएका लालकिशोर निवर्तमान मेयर हुन् । कांग्रेसले जसपाका उम्मेदवारलाई समर्थन गरेपछि मनोज स्वतन्त्र उम्मेदवार बनेका थिए । जकपुरकै जस्तो नतिजा धुलिखेल नगरपालिकामा पनि आएको छ ।

प्रारम्भिक नतिजा अनुसार, धुलिखेलमा स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेतले ५७२ मत सहित अग्रता लिएका छन् । उनलाई निवर्तमान मेयर अशोककुमार ब्याञ्जुले पछ्याइरहेका छन् । ब्याञ्जु एमालेका उम्मेद्वार हुन् ।

गठबन्धनबाट भने नेकपा एकीकृत समाजवादीका दयासागर श्रेष्ठ उम्मेदवार छन् । उनले १८ मत मात्रै पाएका छन् । महोत्तरीको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका प्रलादकुमार क्षेत्रीले अग्रता लिएका छन् ।

कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका क्षेत्रीले ३४५ मत ल्याउँदा कांग्रेसको उम्मेदवार चिरञ्जिवी हमालले भने १० मत मात्रै पाएका छन् । क्षेत्रीलाई एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले १५६ मत सहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal