आज :

बुटवलमा कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरले अगाडी, एमाले र राप्रपाको अवस्था केछ ?

काठमाडौं । बुटवल उपमहानगरमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाएका छन् । १४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन् ।

राप्रपाका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले दोस्रो स्थानको मत ल्याएका छन् । उनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराई २३९ मतसहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने राप्रपा उम्मेदवार भगवती पाण्डेले अरुलाई पछि पारेकी छन् । पाण्डेले ३१९ मत ल्याउँदा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सावित्रा अर्यालले २९४ मत ल्याएकी छन् ।

सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका चिनबहादुर गुरूङले २४३ मत ल्याएका छन् । गुरुङ एकीकृत समाजवादीका उम्मेदवार हुन् । यस्तै दाङको लमही नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार जोगराज चौधरीले अग्रता लिएका छन् ।

माओवादी केन्द्रका बसन्त राज शर्मा (विक्रान्त)ले १६८ र नेकपा एमालेका दण्डीराम चौधरीले १४६ मत पाएका छन् । मेयर पदमा कांग्रेसले अग्रता लिए पनि उपमेयर पदमा भने एमालेकी उम्मेदवार सुशिला शर्माले अग्रता लिएकी छन् ।

शर्माले १४८ मत पाएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । उपमेयर पदका अन्य उम्मेदवारहरु माओवादी केन्द्रकी गंगा पाण्डेले १२३ र नेपाली कांग्रेसकी लक्ष्मी योगीले १२२ मत पाएकी छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा लमहीको मेयरमा नेकपा एमाले र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । यता ललितपुर महानगरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।

५० मत गन्दा महर्जनले २८ सहित सुरुवाती अग्रता लिएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यन्जनकारले १० मत पाएका छन् । महर्जन अघिल्लो कार्यकालमा पनि ललितपुर महानगरका मेयर थिए ।

कांग्रेसलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ भने एमाले एक्लै प्रतिष्पर्धा गरिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal