
डोल्पा । माओवादीले डोल्पाबाट स्थानीय तहमा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् ।
६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ । वडानम्बर १मा एमालेका शेरबहादुर लामा १११ मतसहित विजयी भएका छन् मावादीका प्रकाश रोकायले ६६ मत ल्याएका छन् ।
वडानम्बर २ मा कांग्रेसका भानुभक्त बुढाथोकी १३० मतका साथ विजयी भएका छन् भने माओवादीका विमल बुढाथोकी ६१ मत ल्याएर दोस्रो भए ।
वडानम्बर-३ मा एमालेका भक्तबहादुर बोहोराले १३४ मत ल्या यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन् ।
गुरुङ ८ सय ७६ मतसहित विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आङ्जेन गुरुङले ५ सय ७७ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि नेकपा एमालेकै ढिकि गुरुङ निर्वाचित भएकी छिन् । ढिकीले ७ सय ४९ मत प्राप्त गर्दा काँग्रेसकी धेच आङमोले ६ सय ७७ मत पाएकी छन् ।
यस्तै ललितपुर महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नेपाली काँग्रेसले अग्रता बनाएको छ। काँग्रेसबाट मेयरका उम्मेदवार रहेका चिरिबाबु महर्जनले ५० मत गन्दा २८ मतका साथ अग्रता बनाएका हुन् ।
यस्तै एमालेका हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् । ललितपुरमा सत्ता गठबन्धन रहेको छ भने एमाले एक्लै चुनावी मैदानमा छ ।