आज :

काठमाडौँ महानगरपालिकाको मतगणना सुरु, कसको अवस्था के ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु भएकाे निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदाताको सुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ । काठमाडौँमा कूल ३ लाख २४२ मतदाता रहेका छन् ।

त्यस्तै विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ तथा वडा नं १९,१८ र १७ गरी छ वटा कोठाबाट मतगणना शुरू गरिने दलहरुबीच सहमति भएको छ ।

विराटनगरको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्की उम्मेदवार रहेका छन् ।

दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १ नम्बर र १४ नम्बर वडाबाट मतगणना सुरु भएको छ।

घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन्।

एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन्। अहिले घोराहीको पुरानो बसपार्कमा रहेको सिटी हलमा मत गणना भई रहेको छ।

यस्तै लमही नगरको सर्वदलीय बैठक सकिएपछि वडा नम्बर ९,५ र १ बाट भर्खरै मत गणना सुरु भएको छ । मेयर र उपमेयरमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ।

काँग्रेसबाट मेयरमा जोगराज चौधरी उपमेयरमा लक्ष्मी योगी,एमालेबाट मेयरमा दण्डिराम चौधरी उपमेयरमा सुशीला चौधरी र माओवादी केन्द्रबाट मेयरमा बसन्तराज शर्मा र उपमेयरमा गंगा पाण्डेले उम्मेदवारी दिएकी छिन्।

यता काठमाडौँ महानगरपालिकाको मतगणना स्थलमा सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । सर्वदलीय बैठक सम्पन्न भएसँगै सुरक्षाकर्मीको सङ्ख्या बढाइएको हो ।

मतगणना गर्न सबै दल तयार भएसँगै निर्वाचन आयोगले मतगणनाको तयारी गरेको छ । महानगरको १ र ३२ वडाबाट मतगणना सुरु गर्ने आयोगले बताएको छ ।

त्यस्तै सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो। सर्वदलीय बैठकबाट सहमति जुटाएर केही समयपछि मतगणना थालिने उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal