
जनकपुर । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार वडा नम्बर १ को ४०० मतगणना हुँदा प्रमुख पदमा काँग्रेसका बागी उम्मेदवार मनोज साहले १३५ ल्याएर अग्रता कायम गरेका छन् ।
दोस्रोमा एमालेका शिवशंकर साहले ४५ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व माओवादी नेता बलराम महतोले ३३ मत ल्याएका छन् । यस्तै निवर्तमान मेयर जसपाका लालकिशोर साहले २८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जानकारीराम साहले १९ मत पाएका छन् ।
लोसपाका मनोज चौधरीले १८ मत पाएका छन् । यस्तै उपमेयर तर्फ काँग्रेसले १६२ मत, एमालेले ४६ मत, लोसपाले २३ मत, स्वतन्त्र उम्मेदवारले २६ मत पाएका छन् ।
यता ललितपुर महानगरपालिकाको मत गणना विहान ११ बजेदेखि सुरु हुने भएको छ। विहान ८ बजेतिर बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनबाट काँग्रेसका चिरिबाबु महर्जन मेयर र माओवादी केन्द्रबाट उपमेयरमा बाबुराज बज्राचार्य प्रतिष्प्रधामा छन्। यस्तै एमालेबाट हरिकृष्ण ब्याञ्जनकार र उपमेयरमा अञ्जली शाक्य छिन्।
मेयर र उपमेयरमा सत्ता गठबन्धन र एमालेवीच मात्रै प्रतिष्प्रधा हुने भएको छ। यसअघि निर्वाचनमा मेयरमा काँग्रेसका महर्जन र एमालेका ब्याञ्जनकारवीच प्रतिष्पर्धा हुँदा महर्जनले जितेका थिए। यस पटकको निर्वाचनमा समेत दुई जनाको प्रतिस्पर्धालाई रोचक रुपमा लिएको छ।
यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाको मत गणनापनि विहान ११ बजेदेखि सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठकले विहान ११ बजे मतगणना गर्ने निर्णय गरेको हो।
मेयरमा गठबन्धनबाट माओवादीका शिव कट्टेल उपमेयरमा काँग्रेसकी लक्ष्मी महर्जन प्रतिष्पर्धामा छिन्। एमालेबाट मेयरमा हरिगोविन्द्र श्रेष्ठ र उपमेयरमा वीणा सुवेदी उम्मेदवार छिन्।