आज :

माओवादी केन्द्रले पनि खोल्यो खाता, यी ठाउँमा प्यानल नै बिजयी

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।

उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे । त्यस्तै अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्टले ५ सय ४७ मत सहित अग्रता कायम गरेका छन् ।

उनका प्रतिस्पर्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ ।

उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउँदा कांग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् । मुसिकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ ।

अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन । यस्तै सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

जिल्लाको यो पहिलो नतिज हो ।यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै दार्चुलाको लेकम गाउँपालिमा ४ सय मत गन्दा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार अगाडि देखिएका छन्। माओवादी केन्द्रका रामदत्त जोशीले२१६ मत पाएका छन् भने एमालेका परमानन्द जोशीले १२८ मत ल्याएका छन्।

एकीकृत समाजवादी नरेन्द्र रावलले ३० मत पाएका छन्। मतगणना जारी छ। यता मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा गठबन्धनले अग्रता लिएको छ।

गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका नेकपा माओवादीका बद्रीबहादुर स्याङ्तानले ७ सय ७७ मत ल्याएका छन्। एमालेका हिदम लामाले ६ सय ६४ मत ल्याएका छन्।

उपाध्यक्षमा कांग्रेसका सञ्जिव श्रेष्ठले ७ सय ८० मत ल्याएका छन् भने एमालेका पार्वती रानाले ६ सय ५९ मत ल्याएकी छन्। २०७४ मा पनि यो भीमफेदी गाँउपालिकामा काग्रेस र माओवादी गठबन्धन भएको थियो। गठबन्धनलाई हराउँदै एमाले विजयी भएको थियो।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal