आज :

बुटवल उपमहानगरमा कांग्रेसको सुरुआती अग्रता, राप्रपा दोस्रो

बुटवल । बुटवल उपमहानगरपालिकामा ३०० मत गणना हुँदा मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सार्वजनिक गरिएको मत गणना अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले १३० मत ल्याएर अग्रता लिएका छन् ।

अहिलेसम्मको परिणाम अनुसार राप्रपा दोस्रो स्थानमा छ । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ६६ मत ल्याएका छन् । तेस्रो स्थानमा एमाले रहेको छ । एमालेका बाबुराम भट्टराईले ४५ मत पाएका छन् ।

अहिले वडानम्बर १ बाट मतगणना सुरु भइरहेको छ । उता दाङका तीनवटा पालिकामा मत गणना सुरु भएको छ । लमही नगरपालिकामा आज बिहान ६ बजेबाट मतगणना सुरु भएको छ ।

एकैपटक तीन स्थानमा गणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । पहिलो चरणमा वडा नम्बर १, ५ र ९ काे मतगणना हुनेछ । लमहीमा ७४.५८ प्रतिशत मत खसेको छ । कुल ३४ हजार ३८२ मतदाता रहेको लमहीमा २५ हजार ६४१ मत खसेको हो ।

त्यस्तै राप्ती गाउँपालिकामा गए राति १२ बजेदेखि नै मत गणना सुरु गरिएको छ । अहिले मत गणना जारी छ । राप्तीमा ३२ हजार ३२३ मध्ये २३ हजार ५१८ मत खसेको छ ।

त्यस्तै बबईमा गाउँपालिकामा पनि बिहान २ बजेदेखि मतगणना सुरु गरिएको छ । २२ हजार १४४ मतदाता मध्ये १५ हजार ४२४ मत खसेको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय मतको गणना सकिदा बर्दगोरियामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार कर्ण कुँवरले ५० मतसहित अग्रता लिएका हुन् ।

उनका प्रतिࣸन्द्धी सत्तारुढ गठबन्धनका शेरबहादुर कठरीयाले २५ मत ल्याएका छन् भने नागरिक उन्मुक्ती पार्टीका भजनलाल कठरीयाले ५ र राप्रपाका नवीन जोशीले २ मत पाएका छन् ।

बर्दगोरिया गाउँपालिकामा कुल २२ हजार १८१ मतदाता रहेकोमा १४ हजार ९४३ मत खसेको छ । यस्तै दशवटा स्थानीय तह रहेको सल्यानमा ८ वटा पालिकाको मतगणना सुरु भएको छ । दुई पालिकामा भने मतगणना सुरु भएको छैन ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार जिल्लाको बागचौर नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा मत गणना सुरु नभएको हो ।

मतगणना सुरु नभएका दुई नगरपालिकामा बिहान ८ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal