आज :

कति बजे सुरु हुन्छ काठमाडौं महानगरपालिकाको मतगणना ? आयो यस्तो जानकारी

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणना सुरु हुन अझै केही समय लाग्ने देखिएको छ ।

मतपेटिका संकलनको काम भइरहेको र सर्वदलीय बैठक नै नबसेका कारण तत्कालै मतगणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताए ।

‘हामी बाकस बुझ्ने क्रममै छौं, सर्वदलीय बैठक पनि बसेको छैन’ उनले भने, ‘ सर्वदलीय बैठकले जतिबेला देखि गणना सुरु हुन्छ भनेर निर्णय गर्छ, त्यतिबेलैदेखि मतगणना सुरु हुन्छ ।’

५०/६० वटा मतपेटिका बुझ्न बाँकी रहेको र ती मतपेटिका बुझेपछि सर्वदलीय बैठक बस्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसपछि सर्वदलीय बैठकमा भएको सहमति अनुसार मतगणना सुरु गर्ने जिल्ला निर्वचन अधिकारी भट्टराईले बताए ।

यसैबीच देशका विभिन्न जिल्लाका पालिकाअन्तर्गतका ७७ मतदान केन्द्रमा पुन चुनाव हुने भएको छ । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुबीचको झडपका कारण मतदान स्थगित भएको हो।

आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार शुक्रबार राति १० बजेसम्म राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवादपछि १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।

उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोक्नेछन् । मतदान अधिकृतले स्थानीय स्तरमा छलफल चलाएर नयाँ मिति छिट्टै तोक्ने बताइएको छ ।

सहमति जुटेपछि अधिकृतले सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । शुक्रबार भएको निर्वाचनअन्तर्गत लुम्बिनी र गण्डकी प्रदेशका कुनैपनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal