आज :

निर्वाचन आयोगको निष्कर्ष- सुरक्षा कमजोरीले दलका प्रतिनिधि अराजक भए

काठमाडौं । सुरक्षा कमजोरी हुँदा स्थानीय तह निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता अराजक भएको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ ।

देशभरका ७५३ पालिकाका २२ हजार बढी मतदान केन्द्रमा शुक्रबार एकसाथ मतदान भएको थियो । तर राजनीतिक दलका कार्यकर्ताबीच भएको झपडका कारण कम्तीमा २५ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि २०-२५ स्थानमा विवाद भएको थियो । त्यसबेला पुलिङ सेन्टर बाहिर झडपका घटनाहरु भएका थिए ।

यो पटक कतिपय स्थानमा मतपत्र च्यातिएको छ भने कतिपय ठाउँमा मतपेटिका तोडफोड भएको छ । सुरक्षा कमजोरीका कारण राजनीतिक दलका कार्यकर्ता अराजक भएको निर्वाचन आयोगको निष्कर्ष छ ।

पटक-पटक सुरक्षा घेरा कमजोर हुन्छ कि भन्ने प्रश्न उठाएको थियो, र सामान्य, मध्यम, संवेदनशील, अति संवेदनशीलसहित पाँच तहको सुरक्षा वर्गीकरण गर्र्नुपर्नेमा जोड दिएको थियो । तर अहिले तीन तहको मात्र वर्गीकरण भयो । आयोगले म्यादी प्रहरी भर्नामा पनि भूपू सुरक्षाकर्मीलाई प्राथमिकता दिन भनेको थियो । तर म्यादी प्रहरीमा धेरै नयाँ आए ।

२०७४ मा भन्दा अहिले राजनीतिक ध्रुवीकरण चर्को छ । त्यहीबेला सुरक्षाकर्मीले ग्याप दिएका कारण राजनीतिक दलका प्रतिनिधि अराजक भएको आयोगको निष्कर्ष छ । यसले मत नै कम खसेको भन्दै आयोगका अधिकारीहरुले भनेका छन्, ‘यतिको भइसकेपछि शान्तिपूर्ण भन्न सकेनौं, सामान्य रुपमा निर्वाचन भयो भन्ने हाम्रो निष्कर्ष छ ।’

यद्यपि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने आम रुपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् । तर कतिपय ठाउँमा उम्मेदवारहरुको विवाद, सामान्य विषयमा पनि विवाद झाँगिंदै जाँदा मतदान स्थलहरुमा झडप तथा तनाव भएको उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal